आजको राशिफल

आजको राशिफल – २७ बैशाख २०७५ बिहिवार

वि.स.२०७५ साल वैशाख २७ गते । बिहिबार । ईश्वी सन् २०१८ मे १० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि दशमी ३७ घडी २६ पला,बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त एकादशी । नक्षत्र शतभिषा १० घडी २५ पला,बिहान ९ बजेर ३० मिनेट पूर्वाभाद्रपदा । योग ऐन्द्र १६ घडि ५३ पला,दिउसो १२ बजेर ०६ मिनेट उप्रान्त वैधृती ।

करण वणिज,बिहान ७ बजेर ५२ मिनेट उप्रान्त भद्रा ,बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कुम्भ  । 

काठमाडौंमा सूर्योदय ५ बजेर २० मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २५ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ ।

शुभ अंक — १

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँने हुँदा अन्य काम गर्न सहज हुँनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ  भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग —  खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुँनाले कामहरु सजिलै सम्पादन हुँनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाईनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ६

शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ ।  बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुँनेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले कुनै महत्वपुर्ण कामहरु शुरु गर्न सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सांगठनिक टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुँने योग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुँनेछ भने भनेजस्तो काम पाईने हुँदा मनग्गे धन कमाउँन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुँने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ५

शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुँनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुँनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुँनाले न्याय पाएको अनुभुति हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा भनजस्तो प्रगति नहुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिक कामहरु प्र्रभावित हुँनेछन् भने शिक्षा क्षेत्रसँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक बस्तुको प्रयोग गर्दा साबधान अपनाउँनुहोला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुँनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग बिवाद हुँनेछ । बिहानको समय राम्रो रहेकोले राम्रा कामहरु गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ ।

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । व्यापार तथा उद्योगमा लगानि गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाईमा मन जानेछ तथा लेखन कलाको बिकाश हुँनेछ ।

शुभ  अंक — ३

शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुँनेछ । पढाई लेखाईमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ ।

शुभ अंक — १

शुभ रंग — निलो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — हरियो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयको सहि सदुपयोग गरि बिदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउँन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको बिदेश यात्रा हुँने सम्भावनालाई नकार्न सकिदैन । पढाई लेखाईमा मन जाने छैन भने अरु भन्दा कमजोर साबित होईनेछ । व्यावसायबाट भनेजस्तो आम्दानि नहुँने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्तबिचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुँन सक्छ सचेत रहनुहोला ।

शुभ अंक — ६

शुभ रंग — प्याजी

 

तपाईको दिन शुभ रहोस् । 

Post Comment