अमेरिका

हिलारी समर्थक इन्दीरा न्यूयी बनिन ट्रम्पको एडभाइजरी काउन्सिल सदस्य।

timthumb-1मंसिर ३०। सन् २०१६ को अमेरिकन राष्ट्रपतिय निर्वाचनमा हिलारीको लागी समर्थन गरेकी पेप्सीकोलाकी अध्यक्ष इन्दीरा न्यूयीलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एडभाइजरी काउन्सिलमा नियुक्त गरेका छन्। भारतीय मुलकी न्यूयी ट्रम्पले छानेका १९ सदस्यीय आर्थिक सल्लाहकार मध्येकी एक हुन।

डोनाल्ड ट्रम्पको बिजय लगतै न्यूयीले बताएकी थिइन – ‘ट्रम्पको बिजयपछि मैले सबै कर्मचारीहरुलाई के जवाफ दिने भन्ने भइरहेको छ। छोरीलाई के जवाफ दिने भन्ने कुरा सोच्न सकेकि छैन। कर्मचारीहरु हामी सुरक्षीत छौँ कि छैनौ भन्ने प्रश्न सोधिरहेका छन्।

निर्वाचन ताका खुलेर हिलारी क्ल्न्टिनको पक्षमा लागेकी इन्दीरा न्यूयीलाई ट्रम्प टिममा सामेल गराएको बिषयले सबैलाई चकित बनाएको छ। ट्रम्पले बताएका छन,’अमेरिकाको ठूला कम्पनीलाई सफल रुपमा संचालन गर्दै आएका ब्यक्तिहरु सामेल हुँदै छन्। यसले अमेरिका रोजगार प्रर्वदन गराउने कुरामा बिश्वस्त छु।’ अमेरिकास्थित पेप्सीकोलाको प्रमुख रहेकी न्यूयी अन्र्तगत १ लाख १० हजार कर्मचारी कार्यरत छन।

Post Comment