अमेरिका

अमेरिकामा ह्युस्टनवासी नेपालीले गर्व गरेको त्यो ऐतिहासिक दिन

  “पहिले पहिले पनि यहाँ आइन्थ्यो , तर आजजस्तो रमाइलो र खुशी कहिल्यै भएको थिएन । अपनत्व यस्तो हुँदो रैछ । ” – जनक थापाको यो भनाईमा कुनै आग्रह थिएन बरु उनी अन्तरमनको कुरा गर्दै थिए । थापा त नेप्लिज एशोसिएसनका कार्यकारी सदस्य नै हुन् , त्यसैले उनले यसो भन्दै गर्दा बढाइ चढाइ बोलेको अर्थ लगाउने पनि होलान् । तर त्यहाँ भेला भएका सबैको खुशी जनकको भन्दा फरक थिएन । सुगरल्याण्डकि लता घिमिरेदेखि ह्युस्टनकि निरुपा थापा सबैलाई त्यहाँको अपनत्वले बेग्लै आनन्द दिएको थियो ।
ग्रेटर ह्युस्टनको एफएम ७६२ रोड, रिचमण्डस्थित पशुपति मन्दिर परिशरमा नेपाली सामुदायिक केन्द्र र नयाँ पशुपति मन्दिर निर्माण गर्ने महत्वकांक्षी योजना लिएर जग्गा अधिग्रहण गरिएको खुशियाली मनाउन आयोजित कार्यक्रममा नेपालीहरुको उल्लेख्य उपस्थिति मात्र हैन कुनै खास पर्व झैं रमाइलो देखिन्थ्यो ।
अबदेखि आफ्नै मन्दिर , आफ्नै सामुदायिक भवन, आफ्नै पुस्तकालय र आफ्नै फुटबल मैदान हुने विश्वासले ग्रेटर ह्युस्टनका नेपालीहरु अपनत्व जनाउन त्यहाँ पुगेका थिए ।
नोभेम्बर महिनाको १२ तारिख, न्यानो घाम, मानिसहरुको बाक्लो उपस्थिति र त्यहाँको प्राकॢतिक सुन्दरता देखेपछि डालसबाट कार्यक्रममा सहभागी बन्न आएका एनएसटीका अध्यक्ष कॢष्ण लमिछाने भन्दै थिए – साँच्चिकै गजबको ठाउँ रहेछ , उपयुक्त रोजाइ लाग्यो ।
ह्युस्टनवासी नेपालीको खुशी र प्रतिवध्दतामा सहभागी हुन एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल,  वरिष्ठ उपाध्यक्ष सुनिल साह, प्रवक्ता विनोद तिवारी, मिडियाकोअर्डिनेटर बाल जोशी, कार्यकारी सदस्यहरु  डा अर्जुन बन्जाडे र कॢष्ण लामिछाने अनि टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल, एनआरएन अमेरिकाका हेल्प डेस्क कमिटी सदस्य थलराज पन्त सहित आएका थिए ।
ड्यालसबाट एनआरएन अमेरिका टेक्सस च्याप्टरका पूर्व अध्यक्ष उत्तम शर्मा र नेपाली समाज टेक्ससका पूर्व महासचिब विजय भट्टराईले पनि सहभागिता जनाए ।
पाहुनाहरुले सहभागिता मात्र जनाएनन् केहिले यो सत्कार्यमा सहयोग गर्ने घोषणा गर्न भ्याए । त्यहाँ आयोजित औपचारिक कार्यक्रममा डा पौडेलले पाँचहजार डलर सहयोग दिने घोषणा गरेभने सुनील साहले एकहजार डलरको प्रतिवध्दता जनाए । भानु खरेलले डालसको तर्फबाट आफ्नो पहलमा पच्चीसदेखि पचास हजारसम्म सहयोग जुटाउने प्रतिवध्दता व्यक्त गर्दै अहिले यतिनै भनेर रकम तोक्न भने चाहेनन् ।
बिहान अभिषेक पुजाबाट शुरु भएको कार्यक्रममा  पछि हालसम्मको प्रयास , भावी कार्ययोजना र व्यापक सहभागिता अनि सहयोगको आवश्यकता बारे जानकारी गराइएको थियो । सो अवसरमा नेप्लिज एशोसिएसन अफ ह्युस्टनका अध्यक्ष ज्योति घिमिरेले स्वागत गर्दै सबै सहयोगी मन र हातहरुलाई धन्यवाद दिए ।
 एशोसिएसनका महासचिव विष्णु नेपाल र कोषाध्यक्ष रविन श्रेष्ठले जग्गा अधिग्रहणमा भएको प्रयास , आर्थिक अवस्था र भावी योजना बारे सहभागीहरुलाई जानकारी गराएका थिए । हालसम्म ३ सय ८ परिवारले अर्थ सहयोग गरेको र केहीले सहयोगको प्रतिवध्दता जनाएको विवरण प्रस्तुत गरिएको थियो ।
८ .२ एकर जमीनमा अवस्थित उक्त संरचना खरीद गर्न ३ .५ लाख डलर खर्च भएको थियो । जग्गा खरीद सम्बन्धी कार्य गर्न एनएएचका संस्थापक दिनकर अमात्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको थियो ।
कार्यक्रममा उक्त समितिका संयोजक दिनकर अमात्यले सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
मन्दिर परिशरमा यति रमाइलो र वॢहत भेला पहिलो पटक भएको बताउनेहरु यसलाई ऐतिहासिक भन्छन् । पार्किङ्गलाई व्यवस्थित बनाउन विजय वोखीम , चेज गुरुङ्ग , पवन श्रेष्ठ र निरन्जन शर्मालेले उल्लेखनीय प्रयास गरेका थिए ।
भी -केयर कम्यूनिटी हेल्थ सर्भिसले निशुल्क फ्लुसट उपलब्ध गराएर प्रशंसा पायो भने आसीयाना रेष्टुँराले स्वादिष्ठ खाना खुवाएको थियो ।
कार्यक्रम सकिएर फर्किने बेला केही सहभागीहरु भन्दै थिए – एउटा घुम्ती  त पार गरियो अब झन् ठूला घुम्तीहरु अघाडि छन् , युध्दस्तरमा काम नगरी हुदैन ।
हिमालयखबर

Post Comment