अमेरिका

टेक्सासमा सवारी दुर्घटना:तीन नेपालीको मृत्यु, ३ गम्भीर घाइते

अमेरिकाको टेक्सास फोर्टवर्थ सहरमा भएको सवारी दुर्घटनामा नेपाली मूलका तीनजनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा घाइते भएका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा झापाको बेलडाँगी शरणार्थी शिविरबाट पुनर्वासका लागि अमेरिका पुगेका ५३ वर्षका डम्बर कामी, ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दर्जीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका २४ वर्षीया रुपा कामी, १४ वर्षीया मोनी लोकान्द्री र ४ वर्षीया रीना कामीको उपचार भरहेको छ । उनीहरु सन २०१२ मा पुनर्वासका क्रममा अमेरिका पुगेका थिए ।

Post Comment