अमेरिका

आन्टा क्यालिफोर्निया शाखा अध्यक्षमा ध्रुवकुमार झा चयन

अमेरिकामा तराई मूलका नेपाली समुदायले स्थापना गरेको दि एसोसिएसन् अफ नेपाली तराईएन इन अमेरिका नामक गैर मुनाफा संस्थाको क्यालिफोर्निया शाखाको अध्यक्षमा ध्रुवकुमार झा चयन भएका छन् ।

गत मार्च ३ तारिख होली पर्व को अवसरमा क्यालिफोर्निया शाखाको निर्माण गर्नुको साथै समिति गठन गरेको संस्थाकी केन्द्रीय प्रवक्ता अपराजिता झाले छापा बिज्ञप्ति निकाली जानकारी दिएकी छिन् ।

अमेरिकामा रहेतापनि तराई वासीहरुले आफ्नो पहिचान, भाषा, साँस्कृतिक धरोहर आदिलाई अमेरिकामा छरिएर रहेका सबैसँग नजदिक सम्बन्ध, सहयोग तथा संजालमा संस्थाले जनाएको छ ।

यसको साथै नयाँ समितिले एकता गर्दै सबैलाई जोड्ने प्रतिबद्धता गरेका छन् । ध्रुवकुमार झाको नेतृत्वको समितिमा रंजित बाबु प्रसाद वरिष्ट उपाध्यक्ष, राज यादव उपाध्यक्ष तथा प्रियंका दास महासचिमा चयन भएका छन् ।

यसै गरी सहसचिवमा माधुरी कुमारी, कोषाध्यक्षमा समिता दत्त सुमन तथा प्रवक्तामा सिकेन्द्र ठाकुर निर्वाचित भएका छन् ।

यसै गरी कार्यकारी समिति सदस्यहरुमा संगीता देव, अदिति ठाकुर, यामिनी कुमार, आराधना साह, रोहित मिश्रा तथा नविन महतो निर्वाचित भएका छन् ।

यसै गरी सल्लाहकारहरुमा क्रमस डा. अर्चना कायस्थ, डा. ओम प्रकाश शर्मा, डा. सन्दिप सुमन, डा. प्रिती नाने, सुजित सिंह, सितान्शुकुमार तथा जयप्रसाद मण्डल मनोनित भएका छन् ।

Post Comment