अमेरिका

बाल्टिमोर महापुराणमा २ लाख ४० हजार डलर संकलन

अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरस्थित बुद्ध मन्दिरको निर्माणका हेतु अर्थ संकलन गर्ने क्रममा महापुराणको तेश्रो दिन सम्म २ लाख ४० हजार डलरभन्दा ज्यादा रकम संकलन भएको छ ।

जुलाई २८ का दिन शनिवारदेखि शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा.श्याम कार्कीले १ लाख डलर दान गरेका छन् ।

नेपालका ख्याती प्राप्त वाचन प्रवीन दीनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ गत जुलाई २८ बाट शुरुभै अगस्ट ३ मा समापन हुनेछ ।

महायज्ञको तेश्रो दिन सोमबार सम्म शालिक वाग्ले तेत्तीस हजार तीन सय तेत्तिस डलर, गोपाल बिकले दश हजार डलर, कृष्ण तथा अन्जु केसीले २५ हजार डलर तथा ५ हजार, १ हजार गरेर तेश्रो दिनसम्म २ लाख ४० हजार डलरभन्दा ज्यादा संकलन भएको छ ।

Post Comment