अमेरिका

अमेरिकी प्रोफेसरद्वारा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति घोषणा

 अमेरिकी प्रोफेसर डा. टड ह्वाइटले नेपालमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक विकास छात्रवृत्तिको घोषणा गरेका छन्। उनी अमेरिकाको न्यु मेक्सिकोस्थित युनिभर्सिटी अफ न्यु मेक्सिकोमा प्राध्यापनरत छन् ।

नेपाली विद्यार्थीहरूका माझ निकै नै लोकप्रिय रहेका ह्वाइटले नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित जेहेन्दार विद्यार्थीहरूलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।

नेपाल र नेपालीलाई धेरै माया गर्ने उनी आफू नेपाल जाने अत्यधिक चाहना भएको र छिट्टै नै यस्तै अन्य केही योजनाका साथ नेपाल जाने बताएका छन् ।

उक्त शैक्षिक बिकास छात्रवृत्तिलाई अझै बिकसित बनाइ नेपालभरी नै फैलाउने उक्त छात्रवृत्ति कोषका संरक्षक त्रिभुवन पाण्डेले बताए ।

साथै, कोषले प्राथमिक चरणमा स्याङ्जा जिल्लाका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत पाँच/पाँच जेहेन्दार छात्रछात्रालाई सहयोग गर्ने पनि उनले जानकारी दिए ।

Post Comment