अन्तर्राष्ट्रिय समाचार

चीनसंग भारत डरायो , दोक्लामबाट सेना उपकरणसहित फिर्ता

चिनियाँ विदेश मन्त्रालयले भारत र चीनबीचको सीमा क्षेत्र दोक्लामबाट भारतीय सेना उपकरणसहित पछि हटेको पुष्टि गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनवींगले सोमबार विवादित  दोक्लम क्षेत्र आसपासमा निरीक्षण गर्दा भारतीय सेना उपकरणसहित पछि हटेकोे पुष्टि गरेकी हुन् ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार प्रवक्ता चुनवींगले चिनियाँ अधिकारीले २ बजेर ३० मिनेटमा उक्त क्षेत्र आसपास निरीक्षण गर्दा भारतीय सेना उपकरणसहित पछि हटेको बताइन् ।

करिव एकमहिना लामो सीमा विवादपछि भारतीय सेना पछाडी हटेको पुष्टि गर्दै विदेश मन्त्रालयले भनेको छ, ‘ऐतिहासिक सीमा सन्धीअनुसार चीन आफ्नो क्षेत्रीय संप्रभुताको रक्षा गर्न आवश्यक कदम जारी राख्ने छ ।’

गत जुन १८ मा २७० भन्दा बढी भारतीय शसस्त्र सीमा सुरक्षा बल दुईओटा बुलडोजरसहित दोक्लम सीमा नाघेर चिनियाँ भु–भागमा प्रवेशगरी चीनको विकाश गतिविधिमा अवरोध गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रवक्ता चुनवींगले दुईदेशबीचको सीमा विवाद अब कुटनीतिक वार्ताद्वारा शान्तिपुर्ण रुपमा समाधान गरिने बताएकी छन् ।

दोक्लाम विवाद बढेपछि दुबै देशले सीमामा सुरक्षा फौजको तैनाथी बढाएका थिए । दोक्लाममा चीनले सडक बनाउन लागेकोमा भारतले विरोध गरेपछि विवाद बढेको थियो ।

दोक्लाम भारतको सिक्किम, भुटान र चीनको साझा सीमा क्षेत्र रहेको दाबी भरतले गर्दै आएको छ भने चीन दोक्लाम भुटानसँगको सीमा क्षेत्रमात्र भएको जिकिर गर्दछ

Post Comment