अन्तर्राष्ट्रिय समाचार

चीन र पाकिस्तानबीचको सम्बन्धमा अनावश्यक वखेडा नझिक्न भारतलाई चेतावनी

चिनियाँ अखवार ग्लोबल टाइम्सले भारतलाई पुरातन मानसिकताबाट बाहिर आउन आग्रह गरेको छ । आफ्नो संपादकीयमा उसले भारतलाई फराकिलो हुन सुझाएको हो । चीन र पाकिस्तानबीचको सम्बन्धमा अनावश्यक वखेडा नझिक्न र अनावश्यक ढंगले नबुझ्न चेतावनीसहितको सुझाव दिएको हो ।

‘भारतले यस्तो पुरानो मानसिकतालाई परिवर्तन गर्नुपर्छ नत्रभने यसले भारतको बिश्व दृष्टिकोणलाई गलत दिशातिर मोड्नेछ र त्यसले गलत व्यवहारतर्फ उसलाई डोहोर्याउनेछ’ अखवारको संपादकीयमा भनिएको छ ।

भारत र चीनबीच बिगत केही बर्षयता सम्बन्धमा सुधार हुँदै आएको उल्लेख गर्दै तर चीनले पाकिस्तानलाई अलग्गै छाडेर भारतसँग मात्र सम्बन्ध राख्नुपर्छ भन्ने धारणा राख्नु गलत रहेको बताएको छ । चीनको पाकिस्तानसँगको सम्बन्धलाई अन्य राष्ट्रसँग तुलना गर्न नमिल्ने बताइएको छ ।

‘चीन र पाकिस्तानको सम्बन्धलाई भारतका केही ईलिटहरुले निरन्तर बिरोध गर्दै आएका छन् । चीन र भारतको सुधारिएको सम्बन्धले चीनलाई पाकिस्तानबाट टाढा पूर्याउने बिश्वास राख्छन् । यस्तो पुरातन मानसिकता परिवर्तन गर्नुपर्छ’  संपादकीयमा उल्लेख छ ।

चीन र पाकिस्तानको मित्रता स्विकार गर्न भारतलाई फराकिलो हुन पनि सुझाव दिइएको छ । ‘पाकिस्तानलाई नियन्त्रण गर्ने हतियारका रुपमा चीनलाई नलिइयोस । आणविक राष्ट्रलाई कम नआंक्नुहोस । पाकिस्तानसँग कस्तो सम्बन्ध राख्ने आधारमा ती दुई राष्ट्रको सम्बन्ध अघि बढ्ने हो’ संपादकीयमा उल्लेख छ ।

Post Comment