अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानमा पहिलाेपल्ट ‘हिन्दू’ महिला चुनाव लड्दै

मुस्लिमबहुल देश पाकिस्तानमा पहिलाेपल्ट एक हिन्दू अल्पसंख्यक समुदायकी महिला चुनाव लड्दै छिन् । पाकिस्तानकाे सिंध प्रांतबाट ती महिला यही जुलार्इ २५ मा हुने प्रांतीय विधानसभा चुनावमा उम्मेद्वार बन्न लागेकाे खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

स्वतन्त्र उम्मेद्वारका लागि दाबेदार सुनीता परमार

महिलाका लागि जहिल्यै अनुदार मानिने देश पाकिस्तानमा त्याे पनि अल्पसंख्यक हिन्दू महिलाले चुनाव लड्ने हिम्मत गर्नुलार्इ एेतिहासि रूपमा हेरिएकाे छ । कट्टर मुस्लिम समुदायमाझ बाँच्न अल्पसंख्यक हिन्दूहरूलार्इ बहुत मुश्किल रहेकाे बताइन्छ । कैयाैं पटक ती हिन्दू समुदायका महिलालार्इ अपहरण गर्ने र धर्म परिवर्तनका लागि बाध्य बनाउने, जबरजस्ती विवाह गराउने समेत घटनाहरू हुँदै अाएका छन् ।

PAK चुनाव में छाईं ये हिंदू महिला, मुस्ल‍िमों को दी है चुनौती

अाफ्नाे समुदायमाझ सुनीता

यस्ताे अवस्थामा ३१ वर्षीय सुनीता परमारले थारपकर जिल्लाबाट एसएस विधानसभा चुनाव पीएस-५६ का लागि स्वतन्त्र उम्मेदवारका रूपमा उठ्न नाम दर्ता गराएकी छिन् । सुनीताकाे यस कदमले उक्त समाजमा बदलाव लिने मात्र नभर्इ अन्य महिलाका लागि प्रेरक समेत हुने बताइएकाे छ ।

PAK चुनाव में छाईं ये हिंदू महिला, मुस्ल‍िमों को दी है चुनौती

चुनाव लड्न लागेकी सुनीताले शिक्षाकाे स्तरमा सुधार ल्याउने र अाफ्नाे क्षेत्रमा महिलाका लागि स्वास्थ्य सुविधामा सुधार तथा वृद्धि गराउने लगायतका प्रतिबद्धता व्यक्त गरेकी छिन् । गत मार्चमा एक अर्की हिन्दू दलित महिला कृष्णा कुमारी कोली पाकिस्तानमा पहिलाेपटक महिला सिनेटर बनेकी थिइन् ।

PAK चुनाव में छाईं ये हिंदू महिला, मुस्ल‍िमों को दी है चुनौती

सुनिताकाे चुनावी पाेस्टर

आत्मविश्वासका साथ परमारले भनेकी छन् कि उनले चुनाव लड्ने फैसला गरिन्, किनभने पूर्वसरकारले अाफ्नाे निर्वाचन क्षेत्रप्रति गरेका हरेक प्रतिबद्धता बिर्सयाे, विगतका स्थानीय र प्रान्तीय सरकारले साे क्षेत्रका लागि केही पनि गरेनन् । २१ औं शताब्दीमा बाँचिरहेका भए पनि साे क्षेत्रका महिलाहरुका लागि कुनै आधारभूत स्वास्थ्य सुविधा र शैक्षिक संस्थाहरू छैनन् ।

Post Comment