जनसरोकार

निर्वाचनमा भारतिय नागरिकले मत हाल्न र चुनाव लड्न पाउने

सिमा क्षेत्रकाले चुनाव लड्ने अधिकार पाउने

वैशाख ३१ गते नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने दाबी गरिएको छ ।

मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौतालाई उद्धत गर्दै भारतीय मिडिया सिएनएन न्युज१८को अनलाइनले संविधान संशोधनपछि भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा पहिलोपटक मतदान गर्न पाउने दाबी गरेको हो ।

समाचारमा सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको पनि उल्लेख छ ।

संविधान संशोधनले भारतीय नागरिकलाई संसदीय निर्वाचनमा समेत सहभागी हुन बाटो खोल्ने दाबी गर्दै समाचारमा मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको उल्लेख छ । यो विषय नेपालको मन्त्रिपरिषदबाट पारित भइसकेको दाबी पनि समाचारमा गरिएको छ ।

Post Comment