जनसरोकार

राजवंशीको पहिचान ‘बंशेर चिह्न नाति, धनेर चिह्न हात्ती’ अब रहेन

सुरेन्द्र भण्डारी

झापा -करिब तीन दशक अघिसम्म झापा र मोरङमा बसोबास गर्ने राजवंशी समुदायका हात्ती चढ्ने देउनीया ९जमिनदार०लाई अहिले साइकल चढ्नसमेत समस्या छ ।

सौख र शानले जीवन जिएका झापा र मोरङका झण्डै दुई दर्जनभन्दा बढी राजवंशी देउनीयाले त्यसताका हात्ती पालेका हुन्थे । ‘बंशेर चिह्न नाति, धनेर चिह्न हात्ती’ ९वंशको चिह्न नाति, धनको चिह्न हात्ती० राजवंशी समुदायको चर्चित उखानै हो । हात्तीका लागि चरन क्षेत्रको अभाव र हात्ती पालुवा देउनीयाको धन सम्पत्ति सकिँदै गएपछि यो उखान पनि राजवंशी समुदायको जनजिब्रोबाट हटेर गएको छ ।

हात्ती पालुवा देउनीया अहिले कसैको घरमा पनि हात्ती छैन । यहा“सम्म कि हात्ती चढेका कतिपय देउनीया र उनीहरुका सन्तानले अहिले साइकल पनि चढ्न सकिरहेका छैनन् । विगतमा आन, बान र शान भएका राजवंशीले गिर्दो आर्थिक अवस्थाका कारण विलाशी र आरामदायी सवारीसाधन हात्तीलाई थेग्न नसकेको बताउनुहुन्छ राजवंशी समाज विकास समितिका पूर्व अध्यक्ष टोम राजवंशी । आर्थिक अवस्था कमजोर भएपछि धेरैले आ–आफ्ना हात्ती बिक्री गरेका र आवश्यक स्याहार नपुग्दा केहीका हात्ती मरेका राजवंशीले बताउनुभयो ।

झापाको बिर्तामोड क्षेत्रमा मात्रै तीन दशक अघिसम्म सात वटा हात्ती पालिएका थिए । बिर्तामोडमा सतानुसिंह राजवंशी, सतालसिंह राजवंशी, मुलाई राजवंशी, मण्डा राजवंशी, भाजीखुवा राजवंशी, माक्ना चौधरी र भरतबाबु ९सीके० प्रसाईंले हात्ती पाल्नुभएको थियो ।

त्यस्तै, महेशपुरका सुन्दरलाल राजवंशी, हल्दीबारीका हागा राजवंशी, राजगढका छविलाल राजवंशी, मोतीलाल राजवंशी, सिक्टा मिया, चेमा राजवंशी, बस्तीपागला राजवंशी, गौरीगञ्जका भीमप्रसाद राजवंशी चौधरी, गोजोसिंह राजवंशीको घरमा पनि हात्ती पालिएको थियो ।

उता, मोरङमा आधा दर्जन भन्दा बढी देउनीयाको घरमा पनि हात्ती पालिएको थियो । डायनिया कुरेलीका तीलकचन्द्र राजवंशी चौधरीको घरमा तीनवटा हात्ती थियो भने कटहरीका चैतुलाल राजवंशी चौधरी, गोविन्दपुरका सुन्दरलाल राजवंशी, झुर्कियाका मोटा जिम्दारलगायतले हात्ती पाल्नुभएको थियो । उहाँहरुमध्ये धेरैका छोरा नातिलाई अहिले अर्थाभावका कारण साइकल चढ्न पनि धौ–धौ परिरहेको बताइएको छ ।

बर्तामोड नगरपालिकास्थित बिर्ताबजारका सतानुसिंह राजवंशीकी श्रीमती ८१ वर्षीया गौरवतीलाई पहिलेका कुरा सम्झिँदा मन खिन्न हुन्छ । विसं २०१३ मा उहाँको विवाह हु“दा चार वटा हात्ती, १२ वटा भन्दा बढी घोडा र धेरै सम्पनी गाडी ९सजाइएको गोरु गाडा० जन्तीमा लगिएको थियो । गौरावती आफ्नो विवाह सम्झिँदै भन्नुहुन्छ – “त्यस्तो रमाइलो कहिल्यै हेर्न त्यस यता मैले पाएको छैन ।”
बेहुली भएर भित्रिएको दिन सम्झँदै उहाँ भन्नुहुन्छ – “म भित्रँदा मेरो घरमा हात्तीसँगै दुईवटा जिप र एउटा ट्र्याक्टर पनि थियो, तर म हात्तीमै सवार गर्थे । मलाई हात्तीमै सवार हुन आनन्द लाग्थ्यो ।” गरामनीको दशैँ मेला, किच्चकबध मेला र माइत पथरीया जा“दा हात्तीमै जाने गरेका उहाँ सम्झनुहुन्छ । उहाँले थप्नुभयो– “बेचिसकेको हात्तीको सम्झना गर्दा पनि मन भक्कानिएर आउँछ ।” अहिले गौरावतीसँग हात्तीको चिनोस्वरुप एउटा दा¥हा मात्र बा“की छ ।

बाल्यकालमा आफू चढेको हात्तीका बारेमा सम्झिँदा सतालसिंह राजवंशीका छोरा विजयलाई पनि नरमाइलो लाग्छ । “त्यतिबेला राजवंशी सयौँ बिगाहा जमिनका मालिक थिए,” उहाँ भन्नुहुन्छ – समय परिस्थितिले यो नाजुक अवस्थामा हामीलाई ल्याई पु¥यायो । गिर्दो आर्थिक अवस्थाकै कारण राजवंशीले हात्ती बेच्नुपरेको उहाँको भोगाइ छ । त्यतिबेला सतालसिंहको १०० बिगाहा जग्गा रहेकामा अहिले १५ बिगाहामा खुम्चिएको छ । अरु सबै जग्गा जमिन दान र बिक्री गरेरै सकिएको उहाँ बताउनुहुन्छ ।

गौरावतीलाई मात्र होइन छविलाल राजवंशीकी श्रीमती केशवतीलाई पनि दशैँ मेला र भारतको कदुभिट्टा मेला हात्तीमा चढेर घुम्न गएको स्मरण ताजै छ । विसं २०२९ मा भारत विहारको खाग्रा मेलामा रु छ हजारमा आफूहरुले हात्ती किनेर ल्याएको उहाँले सुनाउनुभयो । त्यसबेला धेरै राजवंशी देउनीयाले भारतबाटै हात्ती घोडा किन्ने गरेको पनि उहाँ सम्झनुुहुन्छ ।

हात्ती पाल्ने सयौँ बिगाहा जग्गा भएका देउनीयाका सन्तान अहिले सुकुम्बासी भएका छन् । हात्ती पाल्ने बाह्रदशी गाउँपालिका–२ राजगढका मोतिलाल राजवंशीका सन्तान हुन् वा मोरङ कटहरीका जमिन्दार चैतुलाल राजवंशी चौधरीका परिवारका सदस्य हुन् तर विगतको जस्तो प्रतिष्ठा र वैभव रहेन । अहिले आफ्नै छोराछोरी पाल्न उनीहरुलाई गाह्रो परिरहेको छ । मोतिलाल राजवंशी तत्कालीन राजगढ गाविसका अध्यक्षसमेत हुनुभएको थियो ।

“जग्गाजमिन घट्दै गयो, आफ्ना छोराछोरी पाल्न नसकिरहेका बेला हात्ती कसरी पाल्न सकिन्छ,” मोरङ कटहरी निवासी पूर्व गृहराज्यमन्त्री भीमराज राजवंशी भन्नुहुन्छ – “व्यवस्थापन गर्न नसक्दा सबैले हात्ती बेच्नु परेको हो ।”

हात्तीका लागि आवश्यक चरन, जलाशय, बस्ने घरका साथै माउतेको समस्याका कारण पनि घरायसी प्रयोजनका लागि हात्ती पाल्न मुस्किल परेको बताइन्छ । त्योसँगै हात्तीको आहार पाइने वनजंगलको फँडानीले पनि हात्तीपालनमा समस्या आएको हो । विगतमा झापा जिल्ला घना जंगलले ढाकिएको थियो ।

गरिबीसँगै चरिचरनको कमी र माउते नभेट्दा हात्ती बेच्नु परेको बताउनुहुन्छ बाह्रदशी गाउ“पालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी । उहाँ भन्नुहुन्छ– “राजवंशीले हात्ती पालेको कुरा अब दन्त्य कथा जस्तै भइसक्यो ।”

अहिले एउटा हात्तीको मूल्य उमेर हेरेर रु ५० लाखदेखि ९० लाखसम्म पर्ने गरेको बताइन्छ । चितवनको सौराहामा हात्ती राखेर होटल व्यवसाय गरिरहनुभएका दामोदर रेग्मीका अनुसार केही महिना अघि रु ८५ लाखमा हात्ती किनबेच भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश शुल्कबाहेक हात्ती चढ्न नेपालीले एकहजार एक सय, भारतीयले एक हजार छ सय र तेस्रो राष्ट्रका पर्यटकले दुई हजार एकसय रुपैया“ तिर्नुपर्छ ।

हिजो ऐशआरामका साथ घरमै हात्ती पालेर बसेका राजवंशी समुदायका देउनीयका सन्तति अहिले अभावसँग मात्र जुधिरहेका छैनन्, जंगली हात्तीको उपद्रोबाट पनि त्यत्तिकै प्रताडित छन् । भारतबाट पूर्वोत्तर बाँहुनडाँगी हुँदै चारआलीको जंगल र चारकोशे जंगलमा बसेका हात्तीले दिनहँुजसो उपद्रो मच्चाउने गरेपछि दन्त्य कथाझैँ बनिसकेको हात्तीपालेको स्मरण व्यूँतिएर आउने गरेको बताउनुहुन्छ बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी ।

टेलिभिजनको पर्दामा र किताबमा मात्र हात्ती देखेका राजवंशी देउनीयका स–साना सन्ततिलाई आफ्ना बुबा र हजुरबुबाको जनजिब्रोमा झुण्डिएको उखान ‘बंशेर चिह्न नाति, धनेर चिह्न हात्ती’ पनि अब आफ्ना लागि उपयुक्त नभएको राजवंशी समुदायका युवा पुस्ताले बताउन थालेका छन् ।

Post Comment