जनसरोकार

सिरहाका शीतलहर पीडितलाई रेन्बो चिल्ड्रेन होम-नेपालको न्यानो राहत (फोटो फिचर)


पुस २६ पोखरा। असहाय तथा विपन्न वर्गका बालबालिकाको सहयोगमा पोखरामा कृयाशिल रेन्बो चिल्ड्रेन होम, नेपालले सिराहाको गोल बजार नगरपालिका वडा नं ४ चन्द्रलालपुरमा शीतलहर पीडितलाई न्यानो राहत वितरण गरेको छ ।


उक्त क्षेत्रका मुशहर समूदायका बालबालिका, महिला एवम् पुरुष सहित करिब एक सय ५० शीतलहरले पीडित व्यक्तिलाई न्यानो राहत वितरण गरिएको रेन्बो चिल्ड्रेन होमका निर्देशक गोमा ढकालले जानकारी दिए।


राहत समाग्रीमा कम्मल, ज्याकेट, टोपी, ट्राउजर, मोजा, जुत्ता, चप्पल, गलबन्धी, म्याट्रेस, स्विटर लगायत न्यानो कपडा रहेको बताउँदै उहाँले उक्त क्षेत्रमा पुग्दा त्यहाँको मुशहर वस्तीमाव्यवस्थित घर नहरेको र उनीहरू चीसो भुइमा पराल ओछ्याएर बस्न बाध्य रहेको पाइएको उल्लेख गरे ।


रोट्रयाक क्लब अफ मनिपाल कालेज अफ मेडिकल साइन्सेजले कपडा संकलनमा सहयोग गरेको थियो । उक्त राहत वितरणमा अन्दाजी पाँच लाख रुपैयाँ बराबरका सामाग्री प्रदान गरिएको थियो ।


न्यानो राहत वितरण कार्यक्रममा गोल बजार नगरपालिका मेयर देवनाथ शाह, प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, वडा अध्यक्षहरू, वडा सदस्यहरू, प्रहरी प्रशासन र स्थानीय समाजसेवीको रोहबरमा न्यानो राहत वितरण गरिएको थियो ।

Post Comment