जनसरोकार भिडियो समाज स्वास्थ्य

उच्च रक्तचाप एउटा साइलेन्ट किलर हो । (मुटुरोग विशेषज्ञ डा नवराज पौडेल संग अन्तर्वार्ता)

प्रेसर लिएर हिड्नु भनेको खोल्टिमा बम लिएर हिड्नु जस्तै हो, त्यसैले आफ्नो नम्बर थाहा पाईराख्नुहोला !

३ जेठ, पोखरा । ओर्ड हाइपरटेन्सन डे अथार्थ बिश्व उच्च रक्तचाप दिवस (ब्लड प्रेसर) बारे जनचेतना जगाउने दिन १७ मे को अवसरमा मुटुरोग विशेषज्ञ डा नवराज पौडेल भन्नु हुन्छ “समय मै आफ्नो नम्बर थाहा पाई राखुनुस । प्रेसर लिएर हिड्नु भनेको खोल्टिमा बम लिएर हिड्नु जस्तै हो”, जुन जति बेला पनि पड्किन सक्छ । उच्च रक्तचाप बारे समाजमा भैरहेका भ्रम र सत्यता बारे डा पौडेल भन्नुहुन्छ “हाइ प्रेसरमा नुन नखाने र लो प्रेसरमा नुन धेरै खाने भन्ने होइन, रक्तचापको अवस्था हेरी शारिरीक व्यायाम, औसधी तथा अन्य उपायद्वारा प्रेसरमा कन्ट्रोल गर्न सकिन्छ । उहा भन्नु हुन्छ उच्च रक्तचाप एउटा साइलेन्ट किलर हो ।

उच्च रक्तचाप दिवसको सन्दर्भमा पत्रकार खिम लामिछाने काजिले मुटुरोग विशेषज्ञ डा पौडेलसंग लिएको अन्तर्वार्ता
सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ । जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार नियमित शारीरिक ब्यायाम गर्ने, मोटोपना घटाउने, नुन कम खाने, खैनी, चुरोट तथा मध्यपान पूर्णरुपले बन्द गर्ने, नियमित औषधिको प्रयोग गर्नाले रक्तचाप नियन्त्रण गर्न सकिन्छ । साथै रक्तचापका बिरामीहरुले समय समयमा ब्लड प्रेसर जाच्ने, प्रेसर माथिको (सिस्टोलिक) र तलको (डायस्टोलिक) मा परीबर्तन आएको छ भने तुरुन्त डाक्टरसग परामर्श लिनु पर्दछ ।

Post Comment