मनोरन्जन

हिट टेलिश्रृङखला ‘परिचय’ फेरि प्रशारणमा

कुनै समय चर्चामा रहेको परिवारिक टेलिश्रृङखला ‘परिचय’ फेरि प्रशारणमा आउने भएको छ । चर्चामा हुँदाहुँदै पनि एक दशक देखि रोकिएको टेलिश्रृङखला अर्को हप्तादेखि प्रशारणमा आउन लागेको हो । कलाकार तथा अभिनेत्री सरिता लामिछानेको मुख्य भूमिकाका रहेको परिवारिक टेलिश्रृखला एस्प्रो मिडियाको प्रस्तुतिमा प्रत्येक आईतवार ८:५० बजे नेपाल टेलिभिजन मार्फत प्रशारण हुनेछ ।

पुन: प्रशारण सोमवार ३:०५ बजे हुनेछ । एक दशक देखि रोकिएको टेलिश्रृखलामा कथा, विषय वस्तु उस्तै भएपनि नयाँ शैलीमा प्रशारण हुनेछ । यसअघि पनि पुराना चर्चित कलाकार र बाहुल्यता रहेको टेलिश्रृखला सामाजिक विषय बस्तु र नारी माथि केन्द्रीत श्रृखला नेपाल टेलिभिजनबाट प्रसारण भएका हिट श्रृखला मध्यको एक थियो ।

अहिले पनि पहिलाकै केहि कलाकार र केहि नयाँ कलाकार समेटेर प्रशारण गर्न लागिएको छ । यस श्रृखलाले नारी माथि समाजमा घटेको घटना र नारीमाथिको हेपाह प्रवृतीको उजागर गर्नेछ । टेलिश्रृङखलाको ऋषि लामिछानेले निर्देशन गर्नेछन् भने चर्चित कलाकार सरोज खनाल, निर शाह, सरीता लामिछाने, कविता शर्मा,वर्षा राउत, सुनिल कटुवाल,आर पी पन्तको मुख्य भूमिका रहनेछ । हाँस्य टेलिश्रृङखलाको बीचमा आउन लागेको यस टेलिश्रृङखला दर्शकहरुको लागि भने नयाँ स्वाद हुनेछ । नारीहरुको लागि यसले विशेष सन्देश दिनेछ ।

Post Comment