मनोरन्जन

गायक श्याम ठकुरीको नालीबेली (हेर्नुहोस भिडियो सहित)

महेश नेपाल, काठ्माण्डौ । सुन्दर जिल्ला सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका – २ कुन्चोक, पाटीगाउँमा ४२ सालमा पिता बिष्णु ठकुरी र माता तुलशा ठकुरीको जेठो सन्तानको रुपमा जन्मिएका हुन श्याम ठकुरी । महेन्द्र मा.वि. कुन्चोकबाट एसएलसि सकेपछी राजधानी छिरेका उनले पहिलो एल्बम ६४ सालमा निकाले ‘लर्के वर ढल्के पिपलु’ । जुन गितले उनलाई लाखौ श्रोता दर्शकको बिचमा चिनाउन सफल भयो ।

आर्थीक समस्याको कारण वैदेशिक रोजगारीमा गएका उनी करिब ९ बर्ष पछि ७३ सालमा ‘पशुपति कैलाश’ गित लिएर पुन आए । शब्द लय र स्वर तिनवटै बिधालाई न्याय गर्न सक्ने राम्रो खुबी भएका उनले ‘जाउँ घुम्न नवलपुर’, ‘झन झन गहिरो’ लगायत आधा दर्जन बढी गित बजारमा पस्की सकेका छन । उनको पछिल्लो गित हो ‘मालती मङ्गले’ । अब छिटै बजारमा आउने तयारीमा रहेको गित भने सडक बालबालिकाको कथा ब्यथा समेटिएको ‘किन एस्तो जिन्दगी’ बोलको गित हो । बिल्कुलै फरक फरक सृजना हरु पस्कन सक्ने खुबी भएका उनले पछिल्लो एक बर्षमा मात्र करिब ७ गित बजारमा पठाएका छन ।

तर चाख लाग्दो कुरो उनले अरुको लय शब्दमा आजसम्म गित गाएका छैनन । संगीतलाई नै जीवन मान्ने उनी बजारमा लोक दोहोरी हैन लोक फोहोरिले जरो गाडेको बताउछन । फोहोरी गितहरु गितहरु बन्द हुनु पर्छ भन्ने मान्यता राख्ने उनी पैसा हुदैमा जो कोहि गाएक र श्रष्टा बन्न सक्दैन क्षमता चाहिन्छ भन्छन । दर्शक श्रोताले पनि राम्रा गितहरुलाई मात्रै सुन्ने र हेर्नको लागि उनी बिनम्र अनुरोध गर्दछन । विभिन्न संघ सस्था हरुले सम्मान त गर्छन तर सम्मानहरु सहि ढङ्गको नभएकोमा उनी दुखेको पोख्छन । गितमा रहेको मौलिकता बिबिधताको उचित समीक्षा हुन नसक्नु दु:ख लाग्दो कुरा हो । मिडिया वालाहरुले पनि राम्रो गित खोजी बजाउनु पर्छ पैसाको लोभमा जस्तो पायो त्यस्ता गितहरुलाई स्थान दिनु हुँदैन भन्ने खरो तर्क पेश गर्छन उनी ।

अबको दिनमा सन्देश मुलक र फरक गित दिने लक्ष्य राखेका उनले सडक बालबालिकाको रोदन बोकेको गित छिट्टै भिडियो सहित ल्याउने तयारीमा छन । उनी भन्छन:”यो गितले प्रत्येक नेपालिलाई रुवाउने छ।” उनको रेकर्डिङको क्रममा रहेको गितहरुमा ‘पाँचपोखरी गाउँपालिका’ र ‘बरको बोटमा लिङ्गे पिङ खेलेको’ रहेका छन ।

Post Comment