मनोरन्जन

स्वस्तिमाले बुझिनन् आकाशको ‘आँशुको अर्थ’ (हेर्नुस् भिडियो)

अहिलेका निकै चर्चित तथा व्यस्त गायक शिव परियारको नया गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक गरिएको छ । सयौ हिट गीत दिएर लाखौ दर्शक तथा स्रोताको मन जित्न सफल गायक शिव परियारको आवाजमा रहेको निकै मन छुने ‘आँशुको अर्थ’बोलको गीतको पुरानो अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार  भन्दा बढी पटक हेरिसकिएको छ।
 
युट्युबमा अडियो हिट पछि गायक शिव परियारले ‘आँशुको अर्थ’बोलको नया भर्सन गीतलाई नया बर्ष २०१८को पहिलो भिडियोको रुपमा आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका हुन् ।यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समाबेश गरेका छन् ।
 
‘आँशुको अर्थ’ बोलको गीतको नया भर्सनमा निर्माण गरिएको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।
 
गीतमा अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।गीतलाई संचारकर्मी रबि अधिकारीले लेख्नु भएको हो ।

Post Comment