मनोरन्जन

नेपाल आइडलले ठग्यो बुद्ध लामालाई ,हेर्नुस् बुद्धको आवाजमा भाइरल क्लिप (भिडियो)

पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् ।

फोसबुकमा एक मिनेटको अडियो क्लिपमा उनले भनेका छन्, ‘मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ । तर ब्लुबुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’

उक्त क्लिपमा उनले नगद पुरस्कारसमेत नपाएको गुनासो गरेका छन् । एपी वान टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो नेपाल आइडलका विजेता बनेका पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथमा उनले १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्टसमेत पाएका थिए ।

गत असोजको सात गते कतारको दोहामा भएको फाइनलमा उनले उपाधिसँगै ती पुरस्कार पाउने घोषणा गरिएको थियो ।

Post Comment