मनोरन्जन

हट मोडल सोनिकाको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवालको ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो ।

भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ ।

गीतमा सोनिका रोकायको पनि स्वर रहेको छ । नरेन्द्र बियोगीले एरेन्ज गरेको गीतको भिडियोमा सोनिका हट अवतारमा प्रस्तुत भएकी छिन् । गीतमा सोनीका रोकाया,शंकर र जेनेरेशन क्रुलाई फ़िचरिङ्ग गरिएको छ ।

अष्ट्रेलियामा बसेरै लामो समय देखि निरन्तर गीत संगीतलाई अगाडी बढाईरहेका सुनिल कटुवालको यो गीत चलचित्र निर्देशक सोभित बस्नेतले निर्देशन गरेका हुन् । भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी गरेका हुन् ।

पवन सुस्लिङको छायांकन रहेको भिडियोलाई द मोन्टागेले सम्पादन गरेका हुन् ।

Post Comment