मनोरन्जन

भारतीय गायिका भन्छिन् :”भारतीयहरु जनावर जस्ता छन् ,बस्न लायक देश होइन”

एकजना सुन्दर भारतीय गायिकाले भारतका जनता जनावर जस्ता भएका कारण आफ्नो देश बस्न लायक नरहेको टिप्पणी गरेकी छन् ।

सांगितीक कार्यक्रममा भर्खरै नेपाल समेत आइसकेकी गायिका मोनाली ठाकुरले एउटा अन्तरवार्तामा यस्तो बताएकी हुन् ।

दम लगा के हइसा भन्ने फिल्ममा मोह मोहकी धागे..बोलको गीत गाएकी मोनाली अहिलेको पुस्ताकी चलेकी गायिका हुन् ।

उनले आफुले भ्रमण गर्ने क्रममा अन्य देशका नागरिकले भारत र भारतीयका बारेमा गरेको टिप्पणीका कारण यस्तो बुझाई रहेको बताइन् ।

भारतीयले गलत फाइदा उठाउने गरेको उनले बताएकी छन् । भाषा र संस्कृतिको विविधता भए पनि गलत फाइदा उठाउने भारतीयको बानी गलत भएको उनको टिप्पणी छ । ‘हामी विरासतको गलत फाइदा उठाइरहेका छौं, जसका कारण अन्य देशका नागरिकले हामीलाई ठिक मान्दैनन्, जनावर भन्छन् ।’

Post Comment