बिशेष मनोरन्जन समाज

आर्ट अफ लिभिङ, पोखरामा श्रीश्री रवि शंकरजीको जन्मदिन मनाइयो (भिडियो)

३१ बैशाख, पोखरा । आर्ट अफ लिभिङ फाउण्डेशनका संस्थापक श्रीश्री रवि शंकर गुरुजीको ६२औ जन्मदिन आर्ट अफ लिभिङ, पोखराको आयोजनामा बिभिन्न सामाजिक कार्यहरु गरी मनाइयो । रवि शंकर जन्मदिन मनाउने क्रममा मानव आश्रम सेवा, छोरेपाटनमा सात वटा सुत्ने खाट सहित खाध्यान सामग्रीहरु सहयोग गरियो । त्यसैगरी अन्नपूर्ण लायन्स चिल्ड्रेन पार्क पर्स्याङमा सर सफाइ कार्यक्रमको आयोजना गरियो । जसमा वडा अध्यक्ष धन बहादुर नेपाली, वडा सदस्यहरु, स्थानिय आमा समुह र समाजसेवीहरुको उल्लेखनिय सहभागीता रहेको थियो । पर्स्याङको चौरमा ब्रिहत सत्सँगको साथमा गुरु पूजा, केक काट्ने र प्रसाद ग्रहण गर्ने कार्य सम्पन्न भयो ।

आर्ट अफ लिभिङ पोखराले माउन्ट कैलाश रिसोर्टमा रहेको मान सरोबर हलमा ब्रिहत सत्सँगको आयोजना गरियो । गुरु रबी शंकर सँगै लाइभ मेडीटेसन गर्ने कार्य गरियो । जसमा उपस्थित सबैको लाइभ मेडीटेसन कार्यक्रममा सहभागीता रहेको थियो । अन्त्यमा केक काटी प्रसाद ग्रहण कार्य गरी गुरुजीको जन्मदिन मनाउने कार्य सम्पन्न गरियो । आर्ट अफ लिभिङका हरेक सस्था एबम सेन्टरहरुमा नियमित द्यान तथा योगा सिबिर, फलो अफ ध्यान तथा योगा कार्यक्रम गर्ने गरिन्छ । त्यसैगरी हरेक आर्ट अफ लिभिङका सेन्टरहरुमा १३ मे का दिन गुरु रबी शंकरको जन्मदिन मनाउने गरिन्छ । जय गुरु देव:

Post Comment