मनोरन्जन

काठमाडौंका मेयरलाई गाली गरेपछि संगीतकार पक्राउ

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तथानाम गाली गरेको भन्दै महानगरपालिकाको नगर प्रहरीले संगीतकार आलोकश्री पक्राउ परेका छन् ।

काठमाडौंको अनामगरस्थित् नेपाली रेडियो नेटवर्कको कार्यालय छेउको सडकमै मोटरसाईकल पार्किङ गरेको भन्दै संगीतकार श्रीलाई पक्राउ गरिएको हो । नगर प्रहरीले आलोकलाई सडकमै किन मोटरसाईकल पार्किङ गर्नुभएको भन्दै प्रश्न गरेको तर आलोकले आफ्नो बाईक उक्त ठाउँबाट नउठाउन चेतावनी दिएका थिए ।

नगर प्रहरीले यो विषय मेयर शाक्यलाई जानकारी गराउने बताएपछि आलोकले उल्टै प्रहरीको अगाडि गाली गर्दै जवाफ फर्काएका थिए,‘मेयरलाई भनेर के हुन्छ? उहाँपनि हाम्रै ट्याक्सबाट चल्ने त हो नि ?’

स्रोतका अनुसार आलोकले मेयर शाक्यलाई गाली गर्नुको साथसाथै अराजक शैली देखाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Post Comment