मनोरन्जन

राजनितिलाई चटक्कै बिर्सिएर मोडलिङमा रम्दै लक्ष्मी (हेर्नुहोस भिडियो)

महेश नेपाल काठ्माण्डौ । ललितपुर जिल्लाको गोदावरी-७ देबीचौरमा जन्मिएकी हुन लक्ष्मी तामाङ । राजनिति गर्दागर्दै राजनितिलाई चटक्कै बिर्सिएर उनी अचेल मोडलिङमा ब्यस्त छिन । उनले धेरै गितहरुमा मोडलिङ गरिसकेकी छीन । कुशल रेडियो प्रस्तोता समेत रहेकी उनले विभिन्न स्टेज प्रोग्रामहरुमा उद्घोषकको रुपमा समेत भुमिका निर्वाह गर्ने गरेकी छीन । उनी हाल तामाङ सञ्चार संघ ललितपुर जिल्लाको सचिब समेत रहेकी छीन । उनै लक्ष्मीले मोडलिङ गरेको तिज गित ‘पानी पर्यो सिम सिम’ यतीबेला बजारमा छ । जुना मगर र शीब कुमार बास्कोटाको आवाज रहेको गित रक स्टार म्युजिक मार्फत बजारमा आएको हो । राजिब सिह जिसीको शब्दमा तयार भएको यस गितमा दिपक लामाको लय रहेको छ । मोडलिङमा लक्ष्मीलाई धनराज मगरले साथ दिएका छन । गितको म्युजिक भिडियो कृष्ण श्रेष्ठको छायांकन, धन राज मगरको निर्देशन र चेतन सागरको सम्पादनमा तयार भएको हो ।

हेर्नुहोस भिडियो:

Post Comment