मुख्य समाचार

मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको चुनाव

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव दुई चरणमा गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको छ ।

यसअघि सरकारले पहिलो प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनाव मंसिर १० गते गर्ने निर्णय गरेको थियो । हिमालीसहित ३१ जिल्लामा मंसिर १० गते प्रदेश र प्रतिनिधि निर्वाचन हुने भएको छ । बाँकी जिल्लामा मंसिर २१ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने भएको छ ।

यस्तैराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन गर्ने, विद्युत प्रसारणलाइन निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट १५ अर्ब ४० करोड रुपैयाँ ऋणलाई स्वीकार गरेको छ । बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गरेको छ । यस्तै केही सचिवको सरुवा गरेको मन्त्री वस्नेतले जानकारी दिए ।

Post Comment