मुख्य समाचार

चुनावी खर्चका लागि सुन तस्करी

स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो ।  आजको नागरिकमा खबर छ ।

लामो समेदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरू भयो ।

यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ गते थानकोटमा ७ किलो सुन फेला पर्‍यो । सो सुनको अनुसन्धान सकिएकै थिएन । पुस २१ मा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन विमनस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्‍यो । त्यसले राम्रै तरङ्ग ल्यायो ।

सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्नेगरी तयारी थाल्न निर्देशन दियो । सुन बरामद हुने क्रम रोकिएन । माघ १ गते चमतीमा १५ किलो सुन बरामद भयो भने फागुन ८ मा विमानस्थलबाट डेढ किलो र चैत ७ मा रसुवामा ७ किलो सुन बरामद भयो ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको निर्वाचनको तयारीकै बेला भदौ १५ गते  १५ किलो र १९ मा ८८ किलो सुन फेला पर्यो ।

प्रहरी अधिकारीहरू तस्करी भएको सुन मुस्किलले १० प्रतिशत मात्रै बरामद हुने स्वीकार्छन् । ९० प्रतिशत उनीहरूको पहुँच बाहिरै रहन्छ । राजनीतिक दलका लागि निर्वाचन सुबैभन्दा खर्चिलो समय हो ।

‘पैसा खर्च हुने राजनीतिक गतिविधिसँगै सुन तस्करीका घटना बढ्छन् । यसलाई चुनाव खर्चसँग जोडेर हेर्नुपर्छ ।’
-मणिकरत्न शाक्य, सुन व्यवसायी

‘नेपाली बजारमा मागहनुसार सुन ल्याउन नदिने नीति कतै न कतै राजनीतिक प्रभावमा आएको देखिन्छ ।’
-हेमन्त मल्ल, पूर्वएआइजी

Post Comment