मुख्य समाचार

एमाले-माओवादी एकता:ओली सेरेमोनियल सहितका महत्वपूर्ण १६ बुदाँमा सहमति

काठमाडौं -एमाले र माओवादीवीच पार्टी एकताका महत्वपूर्ण बुँदामा सहमति जुटेको छ ।
यद्यपी औपचारिक निर्णय हुन वाँकी छ ।

राजनीतिक उच्च स्रोतका अनुसार सहमति जुटेका विषय छन्

ओली प्रधानमन्त्रीसहित सेरेमोनियल अध्यक्ष
प्रचण्ड अधिकारसम्पन्न अध्यक्ष
एकीकृत पार्टीमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड को समान हैसियतमा
प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष
ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष
अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने
सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम प्रधानमन्त्री
एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’
एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने
एकता महाधिवेशनसम्म  जाने
पार्टीको कार्यदिशा समाजवाद उन्मुख
संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन
दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने
एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने
राष्ट्रपति र उपसभामुख एमालेलाई
उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई

Post Comment