मुख्य समाचार

देशबासिलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाद्धारा राजिनामा (हेर्नुस् भिडियो)

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् ।

करिव १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए। उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए।

देउवाले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए। प्रधानमन्त्री राजीनामा बुझाउन शीतल निवास जाँदैछन्। सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बसेको थियो।

Post Comment