मुख्य समाचार

के ट्रम्पले भारतीय मन्त्रीलाई कुरा मिलाउन उत्तर कोरिया पठाए ?

केही समय अघि भारतीय मन्त्रीले दुई दशकपछि उत्तर कोरियाको भ्रमण गरेको बताइएको छ ।

भारतीय सेनाका पूर्वप्रमुख रहेका विदेश राज्यमन्त्री भीके सिंहले उत्तर कोरियाका वरिष्ठ मन्त्रीलगायत अन्य अधिकारीसँग भेटघाट गरेको भारतले बिहिबार जानकारी दिएको छ ।

अघिल्लो साता दुई दिने भ्रमणमा रहेका सिंहले दुई देशबीच राजनीतिक, क्षेत्रीय, आर्थिक, शैक्षिक र सांस्कृतिक सहकार्यबारे छलफल भएको जानकारीमा उल्लेख छ ।

यसअघि सन् १९९८ मा भारतीय जनता पार्टीको गठबन्धन सरकारमा सूचना तथा प्रसारण मन्त्री मुख्तर अब्बास नक्कीले प्योङ्याङमा आयोजना भएको चलचित्र उत्सवमा सहभागी हुन उत्तर कोरियाको भ्रमण गरेका थिए ।

यो दुर्लभ कूटीनितक पहल दुई कोरियाबीच एक दशकभन्दा लामो समयपछि भएको शिखरवार्तापछि र अमेरिका–उत्तर कोरियाबीच अर्को महिना हुने भनिएको भेटअघि भएको छ ।

यसपाली निकै अर्थपूर्ण मानिएको उक्त भ्रमण उत्तर कोरिया कूटनीतिक संकटमा नफसोस भनेर भारतले यही समयमा उसलाई पुनः वार्तामा संलग्न गराउने खोजेको हो वा भारत आफ्नो साझेदार अमेरिकाका लागि पहल गरिदिएको हो भन्ने प्रश्न उठ्न थालेका छन् ।

भारतीय सेनाका पूर्वप्रमुख रहेका विदेश राज्यमन्त्री भीके सिंह

धेरैले भारत र उत्तर कोरियाबीच गत ४५ वर्षदेखि कूटनीतिक सम्बन्ध भएको बिर्सिन्छन्। दिल्ली र प्योङ्याङमा साना दूतावासहरू छन्।

दुई देशहरूबीच सांस्कृतिक आदानप्रदानको कार्यक्रम हुन्छ र उनीहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्न सहमतिहरूमा हस्ताक्षर गरेका छन्।

उत्तर कोरियाली कूटनीतिज्ञहरू दिल्लीमा विदेशी कूटनीतिज्ञहरूका लागि तयार पारिएको पाठ्यक्रममा सहभागी भएका छन्।

भारतले संयुक्त राष्ट्रसङ्घको एउटा कार्यक्रमअन्तर्गत प्योङ्याङमा खाद्यान्न आपूर्ति गरेको छ।

भारतमा सन् २००४ मा सुनामीको प्रकोप हुँदा उत्तर कोरियाले ३० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएको  थियो।

भारतले २० वर्षपछि प्योङ्याङमा मन्त्री पठाएको भए पनि उत्तर कोरियाबाट वरिष्ठ अधिकारीहरूले भने वर्षौँदेखि भारतको भ्रमण गरिरहेका छन् ।

सन् २०१५ को अप्रिलमा उत्तर कोरियाका विदेश मन्त्रीले दिल्लीको भ्रमण गरे। उनले आफ्ना समकक्षीसँग मानवीय सहायता खोजे।

त्यही वर्ष सेप्टेम्बरमा एक जना कनिष्ठ मन्त्री भारतीय सरकारको प्रतिनिधित्व गर्दै दिल्लीस्थित उत्तर कोरियाली दूतावासमा उत्तर कोरियाको स्वतन्त्रता दिवसमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भए।

त्यहाँ भारतीय मन्त्री किरेन रिजिजूले ‘दुई पक्षबीच थप व्यापार र वाणिज्यका आधारमा सम्बन्ध अघि बढ्ने’ बताएका थिए।

सन् २०१३ मा चीन र दक्षिण कोरियापछि भारत सम्भवतस् उत्तर कोरियाको तेस्रो ठूलो व्यापारिक साझेदार थियो।

भारतले विशेषतस् औद्योगिक रसायनहरू, कच्चा खनिज तेल र कृषिजन्य उत्पादनहरू निकासी गर्थ्यो भने ड्राइड फ्रूट र तारिएका फल, गुँद र हिङ आयात गर्थ्यो।

द्विपक्षीय व्यापार सन् २०१४ मा २० करोड डलरको थियो।

तर सन् २०१७ मा गरिएका क्षेप्यास्त्र परीक्षणहरूपछि संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाएपछि भारतले लगभग सबै व्यापार रोक्यो र अहिले त्यो झरेर झन्डै १३ करोड डलरमा आइपुगेको छ।

दिल्लीस्थित इन्स्टिट्युट अफ डिफेन्स स्टडीज एन्ड अन्यालसिससँग सम्बध्द डा। प्रशान्त कुमार सिंह भन्छन्, ‘उत्तर कोरियाले कूटनीतिक सम्बन्ध कायम राखेका थौरै देशमध्ये भारत एउटा देश हो। भारत उत्तर कोरियाका लागि संसार हेर्ने एउटा महत्त्वपूर्ण झ्याल हो। दुई देशबीच लामो, हल्का गाढा सम्बन्ध छ।’

गत वर्ष अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले प्योङ्याङमा कूटनीतिक उपस्थिति घटाउन दिएको सुझावलाई भारतले अवज्ञा गर्‍यो।

भारतकी विदेशमन्त्री सुष्मा स्वराजले टिलर्सनलाई खुलाएरै ‘तपाईंका केही मित्रराष्ट्रका दूतावासहरू त्यहाँ रहनुपर्छ, त्यसो हुँदा सम्पर्कका लागि केही माध्यमहरू खुला रहन्छन्’ भनेकी थिइन्।

उत्तर कोरियाली इतिहास र विचारधारमा पारमाणविक अस्त्र उसका लागि मुख्य रहने गरेका छ।

दिल्लीका अनुसार प्योङ्याङले मन्त्री सिंहलाई ‘कोरियाली प्रायस्द्वीपमा भरखर विकसित घटनाक्रमबारे सङ्क्षेप’मा बतायो र उनले कोरियाली शान्ति प्रक्रियाका लागि भारतको सहयोग पुन: प्रस्तुत गरे।

उसोभए के सिंहको भ्रमणको सम्बन्ध किम र ट्रम्पबीच हुने भनिएको तर अहिले अनिश्चित भएको भेटसँग छ तरु

डा. सिंह भन्छन्, ‘अहिले हामी अनुमान मात्र गर्न सक्छौँ। ट्रम्प आफ्नो शिखरवार्ता बिथोल्न चाहँदैनन्। त्यो भेटको प्रत्याभूतिका लागि अमेरिकीहरूले भारतीय सहयोग खोजेको हुन पनि सक्छ।’

‘भारत यहाँ सानो पात्र हो। तर यो क्षेत्रमा रहेको र समस्यामा संलग्न नभईकन उत्तर कोरियासँग राम्रो सम्बन्ध भएको एक मात्र ठूलो राष्ट्र हो।’

अलग्गै बसेको ‘पैतृक शासनसत्ता’ सँग वार्ता गर्दा सानै मित्रले ठूलो सहयोग प्रदान गर्न सक्छ।

Post Comment