मुख्य समाचार

देशको माया लाग्ने सच्चा नेपाली ग्रिनकार्ड छोडेर फर्कनुस् : लालबाबु पण्डित

। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको माया लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।

अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्तरवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आफूले भूपु नेपाली भन्ने गरेको समेत प्रस्टाएका छन् ।

ग्रिनकार्ड तथा पिआर लिने नेपालीहरुप्रति कडा रुपमा प्रस्तुत हुंदै आएका पण्डितलाई तपाई ग्रिनकार्ड लिने नेपालीको किन बिरोध गर्नुहुन्छ भन्ने प्रश्नमा आफू ग्रिनकार्ड लिने नेपालीको बिरोधी नभएको तर अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको कडा बिरोधी भएको जनाएका छन् ।

ठूला देशमा पुगेका र त्यहिको नागरिकता वा स्थायी बसोबास पत्र लिएका कतिपय नेपालीहरुले नेपालमा बस्नेहरुले केहि पनि जान्दैनन् र नेपाल खत्तम छ जस्तो अभिब्यक्ती दिंदा आफूलाई धेरै चित्त दुख्ने गरेको मन्त्री पण्डितले बताए ।

३५ मिनेट लामो सम्बादमा मन्त्री पण्डितले आफूले बिदेशको नागरिकता लिनेहरुले पैतृक सम्पतीमा हक नलाग्ने कानुन बनाउने तयारी गरेको समेत घोषणा गरेका छन् ।

अरब लगायतका खाडी मुलुकमा रहेका नेपालीहरु र देशप्रेमी नेपालीहरुले आफूलाई धेरै माया गर्ने गरेको बताउंदै मन्त्री पण्डितले अमेरिका लगायतका देशबाट पनि आफूबाट प्रभावित भएर युवाहरु नेपाल फर्कन लागेको समेत बताएका छन् । आगामी दश बर्षमा नेपालबाट युवाहरु बिदेशीनु नपर्ने माहौल बनाउने आफ्नो योजना समेत पण्डितले सुनाएका छन् ।

मन्त्री लालबाबु पण्डितसंग गरिएको पुरा कार्यक्रम हेर्नुहोस् 

Post Comment