मुख्य समाचार

ट्रम्पका वकिल भन्छन् : किम जोंले ‘घुँडा टेकेर भिख मागे’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जूलियानीले अमेरिकाले उत्तर कोरियासँगको प्रस्तावित भेट रद्द गरेपछि किम जोंग उनले यसलाई जसरी पनि गराउनका लागि ‘घुँडा टेकेर भिख मागेको’ बताएका छन् । इजराइलमा आयोजित एक पत्रकार सम्मेलनमा जूलियानीले ट्रम्पको कडा व्यवहारका कारण नै उत्तर कोरियाले आफ्नो छवी परिवर्तन गर्न बाध्य भएको बताएका हुन् ।

ट्रम्पले गत मे मा उत्तर कोरियामाथि ‘अत्यधिक क्रोध र घृणा’ को आरोप लगाउँदै उक्त सम्मेलनबाट आफू पछि हट्ने घोषणा गरेका थिए । तर सिंगापुरमा जून १२ लाई प्रस्तापित द्वीपक्षीय वार्ताका तयारी उत्तर कोरियाको मैत्रीपूर्ण प्रतिक्रियापश्चात् सम्भव भएको हो ।

जूलियानीले इजराइलमा इन्भेस्टमेन्ट कन्फरेन्सलाई सम्बोधित गर्दै यस्तो टिप्पणी गरेकाे बीबीसीले जनाएकाे छ ।

जूलियानीको भनाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले भन्यो, ‘किम जोंग उनले घुँडा टेकेर सम्मेलनका लागि भिख मागे । ठिक त्यसरी नै जसरी तपाईं उनलाई देख्न र राख्न चाहनुहुन्छ ।’

जूलियानी राष्ट्रपति ट्रम्पका वकिल हुन् र उनी अमेरिकी राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेपबारे अनुसन्धानको मामला हेरिरहेका छन् ।

उत्तर कोरियाको तर्फबाट जूलियानीको यो टिप्पणीबारे अहिलेसम्म केही प्रतिक्रिया सार्वजनिक भएको छैन ।

Post Comment