मुख्य समाचार

पुटिन शत्रु होइनन् प्रतिद्वन्द्वी हुन् : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शत्रुका रूपमा नभई प्रतिद्वन्द्वीका रूपमा हेर्ने गरेको बताएका छन् ।

ट्रम्पले पुटिनलाई भेट्नुअघि यसो भनेका हुन् । नाटो शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीहरू प्रतिद्वन्द्वी हौं । उनी रुसको प्रतिनिधित्व गर्दैछन्, म अमेरिकाको ।’

यसअघि ट्रम्पले जर्मनी रुसको बन्दी भएको आरोप लगाएका थिए । जर्मनीले रुससँग पाइपलाइन सम्झौता गरेर टन्न पैसा कमाइरहेको अनि अमेरिकाले चाहिँ जर्मनीको सुरक्षा गरिदिनुपरेको ट्रम्पको भनाइ छ ।

नाटो सम्मेलनमा ट्रम्प र जर्मनीकी चान्सलर अंगेला मर्कलका बीच तीखो शाब्दिक द्वन्द्व भयो । ट्रम्पले जर्मनीविरुद्ध टिप्पणी गरेपछि मर्कलले जर्मनीलाई आफ्नो नीति तय गर्ने अधिकार रहेको बताएकी छन् ।

Post Comment