मुख्य समाचार

साथिको सम्झनामा अमेरिकामा प्रहरीबाट मारिएका वीरेन्द्र

पासाङ शेर्पा जब आफ्नो साथीलाई सम्झन्छन् तब उनको मनमा आउने पहिलो कुरा उनको मुस्कान हो ।

सम्झनाको पत्रहरूमा उनी ठकुरीलाई नेपाली समुदायको कार्यक्रममा पहिलो पटक भेटेको, चिसो मौसम आउनुअघिसम्म बाउल्डर क्रिकमा डुबुल्की मारेको तथा कामपछि गोल्डेन छेउका घामले डडेका पहाडफेदमा बाइकको शयर गरेको क्षणहरू सम्झन्छन् ।

२७ वर्षका ठकुरीले अब यी काम गर्न सक्ने छैनन् ।

रेन्च रिजर्भ पार्कवे तथा फेडेरल बोलभर्डको सङ्गमस्थल स्ट्राटफोर्ड तालको छेउमा रहेको सम्पन्न तथा शान्त वेस्टमिनिस्टरबाट एक प्रहरी अधिकारीले अगस्ट २५ को साझ ८ः४५ मा कयैन मानिसहरू मारपिट गरिरहेको रिपोर्ट पाए ।

प्रहरीका अनुसार अधिकारी आएपछि ठकुरी र उनको भाइ प्रहरी अधिकारीतर्फ अघि बढे । प्रहरीका अनुसार त्यसपछि भौतिक हातपात सुरु भयो र अधिकारीले ठकुरीलाई गोली हाने, उक्त प्रहारका कारण उनको ज्यान गयो ।

ठकुरी परिवारको वकिल गेल जोनसनका अनुसार वीरेन्द्र उक्त समय निहत्था थिए । कोलोराडो ब्युरो अफ इन्भेस्टिगेसनको रिपोर्टअनुसार उनको कोलोराडोमा कुनै आपराधिक रेकर्ड थिएन ।

अनुसन्धान जारी रहेको बताउँदै वेस्टमिनिस्टर प्रहरीले यस मुद्दामा थप विवरण दिन अस्वीकार ग¥यो ।

पछिल्लो समय अमेरिकामा गैर–गोरा समुदायका निहत्था मानिसमाथि प्रहरीले आशङ्काकै भरमा ज्यान जाने गरी गोली हान्ने प्रवृत्ति बढेकोमा विभिन्न सहरहरूमा विरोध हुने गरेको छ ।
अमेरिकामा विगत १० वर्षदेखि रहिरहेका र पछिल्लो समय ब्रुमफिल्डमा बस्ने ठकुरीको मृत्युले डेन्भरको ठूलो तथा एकअर्कासँग आत्मीय नेपाली समुदायलाई हल्लाएको छ ।

धेरैले ठकुरीलाई किन गोली हानियो, किन उनी त्यो स्थानमा आफ्नो भाइसँग झगडा गरेर बसेका थिए भन्ने बारे थप विवरण दिइएन र कसैलाई घटनाको बारेमा किन थाहा भएन भन्ने प्रश्न उठाएका छन् ।

पछिल्लो समय अमेरिकामा गैर–गोरा समुदायका निहत्था मानिसमाथि प्रहरीले आशङ्काकै भरमा ज्यान जाने गरी गोली हान्ने प्रवृत्ति बढेकोमा विभिन्न सहरहरूमा विरोध हुने गरेको छ ।

“सम्पूर्ण नेपाली समुदाय यस घटनाले एकदमै स्तब्ध छ,” युनिभर्सिटी अफ कोलोराडोको नेपाली विद्यार्थी सङ्घका उपाध्यक्ष आसुतोष अधिकारीले बताए ।

रक्की माउन्टेन फ्रेन्ड अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले आफूले थाहा भए पाएसम्म यो हत्या अमेरिकामा प्रहरी अधिकारीबाट नेपाली समुदायको सदस्यमाथि पहिलो गोली प्रहार भएको बताए ।

“ठकुरीकी आमाले के भएको हो, जवाफ खोजिरहेकी छिन्,” वकिल जोनसनले भने ।

ठकुरीको मृत्युपछि उनका धेरै साथी तथा नेपाली समुदायका अन्य धेरैले समाजिक संजालमा ह्यासट्याग जस्टिसफरवीरेन्द्र (वीरेन्द्रका लागि न्याय) को प्रयोग गरे ।

“सम्झिँदा मात्रै पनि मलाई रुन मन लाग्छ,” वीरेन्द्रका अनन्य मित्र पासाङ शेर्पाले भने ।

आइतबार सबेरै लङ्गमन्टमा आफूलाई पायक पर्ने स्टोरमा नगद दर्ताको लागि पर्खिरहँदा उनको भ्वाइसमेलमा मिस्ककलहरू आउन थालिसकेका थिए । जब उनी आफ्नो म्यासेज चेक गर्न थाले उनलाई पर्खिरहेको शब्दले उनको बिहानको दैनिकी मात्रै होइन मनै तोड्यो ।

उनले म्यासेजलाई दोहो¥याएर तेहे¥याई सुने । उनले आफ्नो आत्मीय साथी मारियो भन्ने विश्वास नै गर्न सकेका थिएनन् ।

पछि उनले ठकुरीको आमालाई भेटे, उनले आखाँभरी आसुँ पारेर ‘मलाई मेरो वीरेन्द्र गरिदेऊ, वीरेन्द्रलाई फिर्ता गर’ मात्र दोहो¥याइरहिन् । घटनाको चोट दुवैका लागि असह्य पीडाको रूपमा आएको थियो । एक छोरा गुमाएकी आमाको बरबराहट तथा यो सब छेउमा बसेर असाहए भएर सुनिरहेको मित्र दुवैमा आफ्नो नजिकको मान्छे गुमाएको गहिरो पीडा थियो ।

शेर्पाले ठकुरीलाई एक दशकअघि भेटेका थिए । नेपाली समुदायबीच भएको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता मित्रता परिवर्तन भयो । शेर्पाको टिमको जितमा ठकुरी बधाई दिन आएदाको परिचयपछि मित्रतामा बदलिएको थियो ।

“जहाँ जाँदा पनि उसले नयाँ साथीहरू बनाइहाल्थ्यो,” शेर्पाले भने ।

आफ्नो नयाँ बासस्थान कालोराडोमा उनीहरू बिदामा सँगसँगै बाइक शयर गरेर वा वरपर हिँडेर बिताउँथेँ । साँझ उनीहरू नेपालमा हुँदाको दिनहरू, अमेरिकाको भविष्य या यी दुई वासस्थानहरूको खाडलबीच कसरी पुल बनाउने भन्नेबारेमा कुरा गर्थे ।

दुईको जीवन कथा समान थियो । नयाँ देशमा अबसर खोजिरहेको आप्रबासीको कथा जो आफू जन्मेको संस्कृतिसँग सम्पर्कमा रहिरहने प्रयास गरिरहेको छ । नेपाल एक पहाडी देश हो जो चरम गरिबी भोगिरहेको भए पनि संस्कृति र भूचित्रमा भने समृद्ध रहेको छ ।

नेपालका नवयुवकहरू आफ्नो संस्कृतिसँग सम्पर्कमा रहिरहून् भन्ने प्रत्याभूत गर्नका लागि ठकुरीले ‘कोलोराडो नेपाली युवा क्लब’ सङ्गठित गर्न सहयोग गरेका थिए । क्लबले खेलकुल प्रतियोगिताहरू आयोजना गराउँथ्यो, यसको उद्देश्य युवाहरूलाई एक ठाउँमा भेला गराउने थियो । यस्तै खेलकुल भेलामा त ठकुरी र शेर्पाले एकअर्कालाई भेटेका थिए ।

कोलोराडो र डेन्भर क्षेत्रमा तुलनात्मक ठूलो नेपाली समुदायहरको बसोबास छ । सम्भवत नेपालको जस्तै पहाडी भूभागले आकर्षित भएर ठूलो नेपाली समुदायको बसोबास भएको बोल्डर क्षेत्रले पछिल्लो समय ‘नेपालको सबैभन्दा पश्चिमी सहर’को उपनाम पाएको छ ।

ठकुरीले शेर्पालाई आफू टेलरको काम गर्ने ब्रुमफिल्डको फस्ट नेसनल बैङ्कमा जागिर दिलाइदिएका थिए ।

“उनको मुस्कान तथा आचरणले जस्तो सुकै चिढचिढे मानिसलाई पनि खुसी तुलाउँथ्यो,” बैङ्कमा ठकुरीको पूर्वसहकर्मी एलेक्स कोहीले आँखामा आइसकेको आँसुलाई रोकेर भने ।

केही वर्षसँगै काम गरिसकेपछि ठकुरी र शेर्पाको अगल अगल विभागमा प्रोमोसन भयो । उनीहरूको मित्रता बैङ्कमा सँगै बित्नेबाट अब म्यासेज तथा कहिलेकाहीँको भेटमा रूपान्तरण भएको थियो ।

जब शेर्पाले आफ्नै व्यवसाय सुरु गरे तब उनी व्यस्त रहन थाले । ठकुरीले उनलाई गर्ने धेरै कलहरू अनुत्तरित रहन थाले । साथका बसाइहरू छोट्याउनुपथ्र्यो । उनीहरूको सम्बन्ध बलियो भएको थियो तर मित्रता भने व्यस्तताले गर्दा प्राथमिकता पर्न छाडेको थियो ।

अगस्ट २३ मा उनीहरूको पाँच मिनेट जति भेट भएको थियो । शेर्पा ठकुरीको घरमा पसेका थिए तर उनी लामो समय बसेनन् र फर्किने बेलामा फेरी छिट्टै भेट्नुपर्छ भने ।

ठकुरीले सहमति जनाए । “ठीक छ, भेट्नुपर्छ,” उनले आफ्नो आत्मीय साथीलाई विश्वस्त गराए ।

अहिले यी शब्दहरू शेर्पाको दिमागमा गुन्जुरहन्छ । उनलाई अहिले आएर त्यो दिन अलि बढी बस्नुपथ्र्यो, साथीको फोन अलि बढी उठाउनुपथ्र्यो लाग्छ । साथै उनलाई आफ्नो मित्रसँग थप एक पटक सँगै बाइक शयरमा जान पाए भन्ने सोच आउँछ ।

“म विगत सम्झँदा मलाई आएका ती सबै मिस्ड कलहरू सम्झन्छु र ती कलहरू उठाएको भए भन्ने सोच्छु ।”

-डेनेभरपोष्ट बाट 

Post Comment