एनआरएन विशेष

मंगलवार बिहान ८ देखि ९ बजे भित्र मतपत्र सहितको इमेल आउने, राइट टु रिजेक्ट व्यबस्था

एनआरएन अमेरिका निर्वाचन समितिले चुनाव तयारी पुरा भएको र मंगलवार बिहान ८ बजे देखि ९ बजे भित्र सबै मतदातालाई एकैपटक मतपत्र सहितको मास इमेल पठाउने भएको छ । यस पटक अध्यक्षमा कसैलाई मत हाल्दिन( राइट टु रिजेक्ट) भन्न पनि पाइने छ ।

‘हामी मंगलवार ८ बजेदेखि ९ बजेसम्म मतपत्र सवैमतदाताको इमेलमा पठाउँछौ मतदाता सूचीमा नाम हुनेले चेक गर्न म अनुरोध गर्छु,’ एनआरएन अमेरिका निर्वाचन संयोजक वन्दिता शर्मा दाहालले सोमवार भनिन-‘जंकमा पनि जान सक्छ त्यो पनि म हेर्न आग्रह गर्छु रहेनछ भने हामीलाई सम्पर्क गरेमा फेरी पठाउने व्यवस्था हुनेछ ।’

मंगलवार र बुधवार रातीसम्म मत दिन पाइन्छ । त्यसपछि पाइँदैन । अनलाइनमार्फत मात्र मतदान गर्न पाइन्छ । इमेलमा आएको मत पत्रमा तोकिए अनुसार चिन्ह लगाएर मतदान गर्न सकिन्छ । यस अघि हुलाक मार्फत पनि मत गर्ने सकिने व्यवस्था थियो । अहिले हटाईएको छ ।

सबै राज्यमा एउटै मत पत्र हुने छैन । राज्यअनुसार अनुसार मतपत्र पठाइने दाहालले जानकारी दिइन । च्याप्टरको पनि निर्वाचन हुने भएकाले यस्तो भएको हो ।

एनआरएन अमेरिकाका करिब १५ हजार मतदाता छन् । अहिले राष्ट्रिय समन्वय परिषद्, आईसीसी र राज्य च्याप्टरमा गरेर २ सय जना भन्दा बढी उम्मेदवार चुनावमा छन् । यसमा केही राज्य च्याप्टरमा एक जनाको मात्र उम्मेदवारी परेको छ ।

मतदान प्रक्रिया सुरू भएको २४ घण्टा भित्र नतिजा सार्वजनिक हुने दाहालले जानकारी दिइन । यस अनुसार बिहीबारसम्म नतिजा आईसक्ने छ ।

निर्वाचन समितिले मतगणना गर्दा कसलाई पनि प्रतिनिधिका रूपमा डाकेका छैन । ‘हामीसँग सबै प्रमाण हुन्छ, कहाँबाट कसले कति मत ल्यायो त्यो पनि थाहा हुन्छ त्यसैले धाँधली वा समस्या हुने भन्ने नै छैन ‘ दाहालले भनिन् । ‘हामी निष्पक्ष निर्वाचन गराउन कटिवद्ध छौ,’ उनले भनिन्नि-‘र्वाचन समिति यसमा सजग छ ।’ कुन कम्यूटरवाट कति पत्र हालियो त्यो पनि जानकारी हुने छ । यसले गर्दा पहिला जस्तौ एउटै सर्भरवाट धेरै मत आउने भन्ने नहोला दाहालले बताइन्।

एनआरएन अमेरिकाको नेतृत्वका लागि अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । चारै जनालाई भोट हाल्न मन छैन भने कसैलाई मत हाल्दिन भन्न पनि पाइन्छ । पहिलो पटक यस्तो व्यवस्था गरिएको हो । एनआरएन अमेरिकामा क्षेत्रगत रूपमा उपाध्यक्ष हुने व्यवस्था भए पनि चारै जनालाई भोट हाल्न पाइन्छ ।

मतपत्र सहितको इमेल आएन के गर्ने ? दाहालका अनुसार मतदाता सूचीमा जुन इमेल छ त्यही इमेल मार्फत निर्वाचन समितिलाई सम्पर्क गर्न सकिन्छ त्यसपछि अर्को मतपत्र पठाउने व्यवस्था हुनेछ । अहिले आफ्नो इमेल ठेगाना भने परिवर्तन गर्न नसकिने उनले वताईन ।

मेरो मतदाता सूचीमा नाम छ सदस्य अर्कैले बनाईदिएको हो इमेल के राख्यो थाहा छैन भन्नेहरु धेरै छन् ।
विभिन्न कारणले चुनाव हुन समय लाग्यो यदि यस्तो थियो भने पहिलेनै भन्नुपथ्र्यो यसका लागि प्रशस्त समय पनि थियो दाहालले भनिन् अहिले अन्तिम समयमा आएर हामीले इमेल परिवर्तन गर्न सक्दैनौं ।

निर्वाचन समितिमा ४ जना सदस्य लगायत अन्य ३ जनाले पार्टटाइम काम गरिरहेका छन् ।

Post Comment