एनआरएन विशेष

एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाको साधारण सभा सुरु

गैर आवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको छैठो बार्षिक साधारण सभा सुरु भएको छ l प्रमुख अतिथिका रुपमा नेपाली राजदुत डा अर्जुन कुमार कार्की ( बिद्या वारिधि )हुनु हुन्छ भने एनआरएनए अन्तरराष्ट्रियका अध्यक्ष शेष घले उपस्थित जनाउनु भएको छ l

पानसमा बत्ति बालि कार्यक्रम सुरु गरिएको थियो भने अतिथिहरुलाई बिल्ला वितरण गरिएको थियो l कार्यक्रममा नेपाली राष्ट्रिय गीत तथा अमेरिकन गीत बजाई सम्मान गरिएको थियो l

कार्यक्रममा डीसी महानगर क्षेत्र तथा अन्य क्षेत्र बाट आएका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए l यसै गरि पन्च कन्याहरुले अतिथिहरुलाई पुष्प गुच्छा द्वारा स्वागत गरेका थिए l

एनएनएनए अन्तर राष्ट्रिय अध्यक्ष शेष घलेले मनतब्य राख्दै अमेरिकाको नया कार्यकारी समितिलाई बधाई दिएका थिए l

आफुले नेतृत्व लिए पछि निकै अगाडी भएको भएता पनि अगाडी निकै गर्नु पर्ने छ भने l आफुलाई अझ पनि काम गर्न नदिएको तिक्तता पोखे l भिजन र संस्था लाई कार्यान्वयन नगर्ने हो भने त्यो दुखद क्षण हुने छ भने l घलेले कार्यक्रम संयोजक रबिना थापाले ब्यबसायिक रुपमा कार्यक्रम को आयोजना गरेकोमा धन्यवाद दिदै प्रसंसा गरे l

घलेले मन्तब्य कै क्रममा एनआरएनए आफुले राष्ट्र संघ जस्तो देख्न चाहेको छु भनि स्पस्ट कुरा राखे l एनआरएन अमेरिका पनि त्यस्तै राष्ट्र संघ जस्तै काम गर्न सकोस भन्ने कामना गरे ।

आफ्नो कार्यकाल ३० दिन मात्र बाकि रहेको भन्दै बिश्वका सम्पूर्ण एनआरएनएहरुले गर्नु भएको माया र विश्वासलाई जीवन भर भुल्ने छैन भने l सवैलाई सदैव सम्झने बताए l

महाबाणिज्य दुत प्रेम राजा महत ,प्रवासी नेपाली मंच का अध्यक्ष प्रभु थापा ,नेपाली जनसम्पर्क समितिका सभापति आनन्द बिष्ट ,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बाना का अध्यक्ष अनु श्रेष्ठ ओन्ता ,एनआरएनएका संस्थापक अन्तरराष्ट्रिय उपाध्यक्ष डा श्याम कार्की तथा अन्य लगायतले पनि मन्तब्य राखेका थिए l

Post Comment