एनआरएन विशेष

अमेरिकी अदालतमा मुद्दा दायर गर्ने रविनाको चेतावनी

एनआरएन अमेरिका अध्यक्षपदमा पराजित रविना थापाले निर्वाचनमा व्यापक अनियमिता भएको हुदां आफूले स्वीकार नगर्ने र अमेरिकी अदालतमा मुद्दा दायर गर्ने चुनौती दिएकी छिन् ।

एनआरएन अमेरिकाको शनिवार बाल्टिमोरमा आयोजित साधारण सभा तथा हालैको निर्वाचनबाट चुनिएका पदाधिकारीको पदवहाली कार्यक्रम गर्न आयोजित कार्यक्रममा रविनाले उक्त चुनौती दिएकी हुन् ।

केही व्यक्तिहरूले मतदाता सूचीमा नक्कली नाम राखेर निर्वाचनलाई आफ्नो अनुकूल बनाएको भन्दै आफैँ संयोजक रहेको उक्त कार्यक्रममा आक्रोस व्यक्त गरेकी थिइन ।

उनले एनआरएन अमेरिका निर्वाचन समिति प्रति पनि तीव्र आक्रोस व्यक्त गरिन् । यस्तो अनियमित तरिकाले निर्वाचन गराउने निर्वाचन समितिलाई कालोमोसो लगाउनु पर्छ भन्ने सम्मको अभिव्यक्ति रविनाले व्यक्त गरेकी थिइन ।

उक्त कार्यक्रममा एनआरएनए अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी लगायत एनआरएनए अमेरिकाका निवर्तमान र निर्वाचित पदाधिकारी लगायत धेरै सदस्यको सहभागिता थियो ।

रविनाले साधारण सभामा एनआरएनए अध्यक्ष घलेसंग यस्तो गलत निर्वाचन भएको हुदां छानबिन गर्न, छलफल चलाउन पनि आग्रह गरिन् ।

यस अघि पनि अदालतमा साथीहरूले मुद्दा हाल्नु भएको थियो तर, मैले उहाँहरूलाई त्यस बेला सहयोग गरिन अहिले आफैँ चुनावी प्रक्रियामा सहभागी हुदां ती साथीहरूलाई त्यस बेला सहयोग नगरेकोमा मलाई गल्ती महसुस भएको छ रविनाले भनिन् । मैले त्यस बेला मुद्दा हाल्ने साथीहरूलाई सहयोग गरेको भए अहिले यस्तो अनियमित निर्वाचन हुन्थेन उनले भनिन् ।

एनआरएन अमेरिकाका नवनिवार्चित अध्यक्ष डा केशव पौडेलले प्रजातान्त्रिक प्रक्रिया अनुसार भएको निर्वाचनको नतिजा स्वीकार गर्दिन भन्नु प्रक्रिया नवुझ्नु भएको जवाफ दिए । निर्वाचन समितिले भोलियन्टिरका रूपमा जिम्मेवारीपुर्वक आफ्नो कार्यसम्पन्न गरेको छ भन्दै डा पौडेलले आधारहिन टिकाटिप्पणी नगर्न आग्रह गरे । डा पौडेलले एनआरएन अमेरिका भित्र विभिन्न समस्या रहेको स्विकार्दै अव सुधार गरेर जाने बताए ।

उक्त साधारण सभामा शेष घले, एनआरएनमा लामो समय देखि संलग्न डा श्याम कार्की, अमेरिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले मन्तव्य दिएका थिए ।

Post Comment