राजनीति

माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता हुने

काठमाडौँ । नेकपा (संयुक्त) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने भएको छ । सो पार्टीको आज सम्पन्न पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

सो पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरेपछि एकता प्रक्रिया सार्थक रुपमा अगाडि बढ्ने जानकारी दिए ।

बैठकमा सो पार्टीका महासचिव सुनिल मानन्धरले पार्टी एकताको प्रस्ताव राख्नुभएको थियो । एकताका लागि माओवादी केन्द्रसँग छलफल भइरहेको र केही प्राविधिक तथा राजनीतिक विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ ।

आगामी संघीय तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिन्ह हसिया हथौडामा चुनाव लड्ने निर्णय गरेको नेकपा (संयुक्त)ले गरेको थियो ।

Post Comment