राजनीति

‘मोदीको स्वागतमा कञ्जुस्याइ नगरौं’’ :बाबुराम भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कन्जुस्याइ गर्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बिहीवार सभामुखसँग विशेष समय लिएर भट्टराईले मोदीलाई सवागत गर्न र उनीसँग खुला रुपले कुरा राख्नु पर्ने बताएका हुन् ।

भट्टराईले आफूहरु सबै राष्ट्रवादी भएकोले दुबै छिमेकीसँग असल सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताए । ‘स्वागतमा कन्जुसाइ नगरौ । अतिथि देवो भव भन्ने नेपाली सस्कार छ । जो आएपनि सत्कार गर्नुपर्छ’  भट्टराईले भने ‘राष्टिय हितलाई जोडेर हामीले उहाँसंग स्पष्ट कुरा गरौ ।’

भट्टराईले भूगोल इतिहासका कारण भारतसंग नेपालको विशेस सम्बन्ध  र धेरै समस्या पनि धेरै रहेको बताए । ‘विगतमा नेपाललाई दुई ढुंगाबीचको तरुल भनिन्थ्यो । अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’ भट्टराईले भने, ‘अब हामी दुद्र्य देशबीचको पुल बन्ने अबसर राख्नु पर्छ ।’

Post Comment