राजनीति

राजसंस्था र हिन्दु राज्यको लागी जनतामाझ जाने

 राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीनदिने बैठक आज सम्पन्न भएको छ। सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गरेको छ।

निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली कांग्रेससँगको तालमेललाई पराजयको मूल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्था सहितको लोकतन्त्र र हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गरेको हो।

पार्टीले जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ।

सोही अवसरका आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले प्रजातन्त्र र संविधानको आवरणमा सर्वसत्तावाद कायम हुने खतरा बढ्दै गएको बताएका छन्

Post Comment