राजनीति

प्रचण्डका घरबेटीलाई कारबाही हुन्छ :गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले छोटो अवधिमा विकास र संवृद्धि हासिल गर्न सुशासन आवश्यक भएको बताए ।

गृहमन्त्री थापाले तस्करी, ठगीलाई नियन्त्रणमा आफू गम्भीर रहेको बताए ।

यतायातको क्षेत्रको सिन्डिकेट, तस्करीलाई निस्तेज गर्न ठोस कदम, सुन तस्करी र हुन्डि कारोबार, माफियातन्त्रलाई तोड्ने ठोस कदम लगायतको काम गृहन्त्रालयले गरेको पत्रकारसम्मेलनमा गृहमन्त्रीले दाबी गरे । उनले वैदेशीक रोजगारीमा ठगी गर्ने विरुद्ध ठोस कदम चालिएको बताए ।

गृहमन्त्री थापाले ठेक्का लिएर काम पूरा नगर्ने ठेकेदारलाई नछाड्ने चेतावनी दिए । ‘पूर्वाधार निर्माणको काम दिएको कयौं ठेक्का पुरा भएको छैन’ मन्त्री थापाले भने ‘ठेकेदारहरु जसले सयममा काम पुरा गर्दैनन् त्यसलाई कारबाही गरिन्छ ।’
गृहमन्त्री थापाले ५ सय परियोजना मध्ये तीन सय भन्दा धेरै अलपत्र छोडिएको बताए ।

प्रचण्डको घरबेटीले ठेक्का लिएको काम समयमा पुरा नगरेको भन्दै पत्रकारले कारबाही गर्नुहुन्छ कि हन्न भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।

जवाफमा गृहन्त्री थापाले भने‘घरधनी, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानून नमान्ने र राज्यलाई धोका दिए कारबाही हुन्छ ।’ नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् उनले लिएका ठेक्का कयौ‌ काम समयमा गरेका छैनन् ।

गृहमन्त्री थापाले निर्माण क्षेत्रमा हुने भ्रष्टाचारलाई सहन नसकिने बताए ।

सडक र भौतिक मन्त्रालयसँग तालमेल गरेर विकासका कामलाई समयमा पुरा गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।

Post Comment