राजनीति

देउवाको डिजाइन खुलासा :सशांक सभापति, श्रीमती आरजु महामन्त्री

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीको आगामी महाधिवेशनपछि नेतृत्वमा वर्तमान महामन्त्री डा. सशांक कोइरालालाई पुर्याउनेगरि नयाँ रणनीतिमा जुटेको खुलासा भएको छ ।

स्रोतका अनुसार अबको १९ महिनापछि हुने पार्टीको आगामी महाधिवेशनपछि महामन्त्री सशांकलाई नै सभापति बनाउने देउवाको तयारी छ । यसको लागि उनले अहिले कोइरालासहित उनी निकटका नेताहरुसँग उठबस गरिरहेका छन् ।

सभापतिमा डा. कोइरालालाई अघि सार्ने तयारीसँगै देउवाले पत्नी डा. आरजु राणा देउवालाई महामन्त्री बनाउनेगरि मुभ गरेका छन्। ‘अबको महाधिवेशनपछि त्यही हुन्छ’ कांग्रेस शीर्ष नेताले भने,‘अब महाधिवेशन हुन १९ महिना बाँकी छ, वर्तमान सभापतिज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ, अब देउवा आँफै सभापतिमा उठ्नुहुन्न ।’

Post Comment