राजनीति

भ्रष्टचारबारे पत्रकारले प्रश्न गर्दा पर्यटनमन्त्रीले माइक हटाए (हेर्नुस् भिडियो )

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वायु सेवा निगमले खरिद गरेको वाईडबडी काण्डमा पनि मुछिएका छन् ।
अधिकारीलाई पत्रकारले  वायु सेवा निगमले खरिद गरेको  वाईडबडिको कुरा के हो भनि  गरेको प्रश्नमा उनले मन्त्रीलाई सानासाना प्रश्न सोध्न नहुने भन्दै जवाफ दिएनन् ।

नेपाल वायुसेवा निगमले भर्खर भित्र्याएको वाईड बडी जहाजको बिषयमा कुराकानी गर्दै गर्दा एकाएक परिर्वतन भएको यो शैलीले  एयरबसको २ वटा वाईडबडि झण्डै २४ अर्वमा खरिद गरिएको र त्यसमा सार्वजनिक खरिद प्रक्रिया मिचि निकै ठूलो रकमको अनियमितता भएको आशंका छ ।

तर अनियमितताको खवर नबनाउन आग्रह गरेको समाचार एभिन्युज खवरले प्रशारण गरेको छ ।

एभिन्युजका पत्रकार मदन खातीले सोधेको प्रश्नको जवाफ नदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ भने निकै धेरै टिका टिप्पणी पनि भैरहेको छ ।

Post Comment