राजनीति

विचौलिया माथि मन्त्रीको एक्सन : ‘महँगी नियंत्रण गरेर देखाउंछु’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव कालीमाटी तरकारी बजार पुगेका छन् ।

व्यवसायीले अनुगमनमा अवरोध गरेपछि मन्त्री यादव आफै काठमाण्डुका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली लिएर कालीमाटी पुगेका हुन् ।

यादवले भनेका छन्, ‘एकाविहानै कालिमाटी बाज़ारमा विचौलियाको मारमा परेको तरकारी मूल्यबारे अनुगमन गर्न गएको टोलीलाई केही व्यापारीले अवरोध गरेका छन् । अनुगमन गर्दा दुई ट्रक विल जारी नभएको तरकारी जफत गरिएको तथा ग़ल्ती लुकाउन अनुगमन कर्तालाई धम्की सहित अवरोध गर्ने व्यापारीलाई पक्राउ गरि आवश्यक कार्बाहीको प्रक्रिया अगाड़ि बढ़ाइएको छ ।किसान उपभोक्ताबिचको दूरी घटाई महँगी नियंत्रण गर्न हामी अग्रसर छौं ।’

कालीमाटीका व्यापारीले यसअघि पनि सरकारी अनुगमन टोलीलाई पटक पटक अबरोध गर्दै आएका छन् । तरकारीमा विचौलिया हाबी हुँदा देशैभरीका तरकारी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।

Post Comment