समाज साहित्य

अनेरास्वबियु कास्कीको कविता प्रतियोगितामा बिकास रोका उत्कृष्ठ

अनेरास्वबियु क्याम्पस जिल्ला कमिटि कास्कीद्धारा आयोजना गरिएको कविता बाचन प्रतियोगिता बिकास रोका मगर उत्कृष्ठ बनेका छन् ।

पृथ्बीनारायण क्याम्पस स्थति भानु पार्कमा भएको प्रतियोगितामा मगरले प्रथम हुदै प्रमाणपत्र सहीत रु १५ हजार प्राप्त गरे ।  यस्तै अश्रुलता बास्तोला द्धितिय र सुजितमान सुनारले तृतिय हुदै क्रमश १० हजार , ५ हजार सहीत प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा करिब ८० भन्दा कविताहरु दर्ता भएका थिए जसमध्ये निर्णायकद्धय प्रा.डा यदुनन्दन उपाध्याय र प्रा.डा बिष्णु पौडेलले ४० कविता वाचनका लागि छनौट गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले पोखरा कला र साहित्यको राजधानी रहेको बताउँदै यसलाई अझै जगाउनका लागि यस्ता कार्यक्रमहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

बिशेष अतिथि अनेरास्वबियु केन्द्रिय सचिव मकर खड्काले अनेरास्वबियुले बिद्यार्थिहरुले शैक्षिक रुपमा प्राप्त गर्ने अधिकार संबैधानिक रुपमा स्थापित भैैसकेको हुदाँ त्यसको कार्यन्वयनका लागि दवाब दिने बताए । कार्यक्रममा नेकपा एमाले पोखरा लेखनाथ नगर सचिव दिलिप न्यौपाने अनेरास्वबियु नेताद्धय सरीता पुरी,आर्शिवाद सुबेदिको अतिथि रहेका थिए ।

कमिटिका अध्यक्ष बिवेक देवकोटाको अध्यक्षतमा सम्पन्न भएको बैठकको संचालन कार्यक्रम संयोजक पवनकाजी अधिकारीले गरेका थिए ।

Post Comment