समाज

पोखरामा काँग्रेस उम्मेदवार थापाको घरनजिक राखिएको बम डिस्पोज

पाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको बम निस्क्रिय गरिएको छ ।

आईतबार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको थियो । निलो जेब्रा झोला भरिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । झण्डै एक घण्टापछि १० बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

विन्दुकुमार थापाको घरमै कास्की क्षेत्र नं. २ चुनाव प्रचार कार्यालय खडा गरिएको छ । बम पाँच घर माथि गल्लीमा भेटिएको हो ।

थापा लक्षित गरी बम राखिएपनि बम पड्किएको खण्डमा नजिकैको घरमा क्षति पुग्ने थियो । यस्तो अमानवीय हर्कतको स्थानीयले चर्को निन्दा गरेका छन् । प्रहरीले बम कसले राख्यो भन्नेबारे नखुलेको जानकारी दियो ।

यसअघि गत मंसिर ८ गते बेलुकी बाम गठबन्धन कास्की क्षेत्र नं. २ प्रचार सचवालयमा प्रेसर कुकर बम विस्फोट भएको थियो । यस्तै, मंसिर १० गते नेकपा एमाले कास्कीको पार्टी कार्यालय नजिकै दिउँसो पेट्रोल बम डिस्पोज गरिएको थियो ।

Post Comment