समाज

अमेरिकामा नेपाली आमा समुह गठन

अमेरिकामा रहेका महिलाहरु संगठित भएका छन् । उनीहरुले सामाजिक, धार्मिक र सांस्कृतिक विकाशका लागि आमा समूह गठन गरेका हुन् ।

अमेरिकाको दक्षिण पूर्व क्षेत्रको १५ वटा राज्यमा रहेको नेपालीहरुको साझा संस्था नेपलिज एसोसियसन अफ साउथ इस्ट अमेरिका (नासा) को अगुवाईमा समूह गठन भएको सांस्कृतिक विभाग प्रमुख बिशाल भारतीले बताए ।

‘प्रवासमा रहेर पनि नेपाली कला, साहित्य , भाषा र संस्कृतिको जगेर्ना गर्नु पनि हाम्रो उद्देश्य हो । हामी यहाँ रहेका दोस्रो पुस्तामा पनि जागरण ल्याउन चाहन्छौं’, उनले भने, ‘त्यसैले आमाहरुको ब्यक्तिगत विकाशसँगै हरेक महिना एक ठाउँमा भेला भएर दुःख, सुख साटासाट गर्न यो समूह बनाइएको हो ।’

समूह बिष्णुमाया गिरीको अध्यक्षतामा ७ सदस्यीय छ । जसले अब हरेक महिनाको एक दिन आमाहरुलाई एकैठाउँमा भेला पार्ने छ र नेपाली भजन, कीर्तन, संगिनी नाँच, बालन नाँच, लोकदोहरी नाँच आदि प्रस्तुत गर्नेछ ।

Post Comment