समाज

फेसबुक मार्फत लाखौं रुपैयाँ ठग्ने ९ जना पक्राउ

पोखरा । सामाजिक सञ्चालनका विभिन्न माध्यमबाट विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ ठगी गर्ने ९ जना ठगलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

निस्दी ७ ज्यामिरेका २६ बर्षीय यामबहादुर रानामगले करिब डेढ वर्षअघि विदेशी नागरिकले आफू र आफ्नो परिवारका लागि सामान र पैसाहरु पठाएको सामाजिक सञ्जालमार्फत आफन्तलाई सुनाए । त्यही पैसा र समानको ट्याक्स क्लियर गर्न आउँदा आफू थुनामा परेको भन्दै आफन्तसँग यामबहादुरले आर्थिक सहयोगको याचना गरे ।

यामबहादुरको याचनाले आफन्तको मन पग्ल्यो र बैंक अफ काठमाडौंको खातामा केही रकम पठाइदिए । तर, त्यसपछि न यामबहादुरले ती आफन्तलाई सम्पर्क गरे, न विदेशीले पठाएको पैसा र सामान नै पाएको खबर गरे । पछि ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गर्न पुगेको थियो ।

यस्तै सामाजिक सञ्जालबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भन्दै ८० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गर्ने धादिङ खनियावास(५ का २६ वर्षीय टेकबहादुर तामाङ र २४ वर्षीय नेनिस तामाङ, नेत्रावती(१ का २८ वर्षीय ठाकुर गुरुङ, र मनोज तामाङ गणेश गुरुङलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो

धनुषा प्रहरीको सहयोगमा संगीता मिश्र र उनीसँगै रहेकी कामनी तिवारीलाई पनि पक्राउ गरेको छ । संगीतामाथि प्रहरीले अनुसन्धान र सोधपुछ गर्दा त्यो सम्पूर्ण काम गर्न महोत्तरीका योगेन्द्र तिवारीले लगाएको खुलेपछि धनुषामा पक्राउ गरी प्रहरीले पोखरामा बुझाएको छ ।

Post Comment