समाज

आफैलाई गोली हान्न लगाउने हिन्दू धर्मगुरु श्रीनिवास पक्राउ

हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो ।

मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा चितवन भरपपुर बेलचोकका २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट ५ का ३२ वर्षीय  खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारी छन् ।

चौधरी, आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीले भने पेस्तोल व्यवस्थापनको काम गरेका थिए ।

हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन आचार्य श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

आचार्यमाथि २५ चैत गते विहान गोली प्रहार भएको थियो । उनको छातीमा गोली लागेको थियो ।

प्रहरीका अनुसार आचार्यले हातमा गोली हान्न भनेका थिए तर, गल्तीले छातिमा लागेको हो

Post Comment