समाज

कृष्णभीरमा पहिरो ,जीप पुरियो

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले पुरिएको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।

पहिरोले जीप पुरीए पनि तत्कालै उद्दार गरिएको छ । कुनै मानवीय क्षति समेत भएको छैन ।

Post Comment