समाज

इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच झडप

महोत्तरीको लोहारपट्टी नगरपालिकाको हदगहा भन्ने स्थानमा इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच झडप भएको छ ।

प्राथना शुरु गर्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडपको स्थितिमा पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

दुई समूहबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जनकपुर लगिएको जनाइएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । अहिले नमाज पढ्ने क्रम चलिरहेकाले नमाज सकिएपछि झडप हुने सक्ने भन्दै प्रहरी परिचालन ब्यापक बनाइएको छ ।

Post Comment