समाज

कञ्चनपुरका सिडिओ र प्रहरी प्रमुख फिर्ता बोलाईयो

गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता गरेको छ। भीमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न र प्रहरीको अनुसन्धानबारे पनि अनुसन्धान गर्न समिति गठन भएको छ ।

मन्त्रालयले आज सिडिओ कुमारबहादुर खड्का र एसपी डिल्लीराज विष्टलाई फिर्ता बोलाइएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले पत्रकार ऋषि धमलालाई जानकारी दिए। मन्त्रालयले तारानाथ अधिकारीलाई नयाँ सिडिओको जिम्मेवारी दिइएको छ।

Post Comment